☰ open Loading... 26 July 2024|  

भेरीगंगामा दमकल आयो
  | २९ भाद्र २०७३, बुधबार ०६:५३

सुर्खेतको भेरीगंगा नगरपालिकाले आगलागी नियन्त्रण गर्ने दमकल भित्राएको छ । जिल्लाको जेठो नगरपालिका र प्रदेश नम्बर ६ को सम्भावित राजधानी वीरेन्द्रनगर नगरपालिकाले हालसम्म दमकल छैन् ।

मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम भएर पनि वीरेन्द्रनगर दमकलविहिन छ । तर नगरपालिका घोषणा भएको केही वर्षमा नै भेरीगंगा नगरपालिकामा दमकल आएको खवर साझा विसौनी दैनिकमा छ ।

sajha

भारतीय राजदुतावासको सहयोगमा स्थानीय विकास मन्त्रालयले भेरीगंगा नगरपालिकामा दमकल उपलव्ध गराएको हो । जिल्लामा दमकल भित्रिएपछि आगलागी नियन्त्रण गर्न सजिलो हुने भएको छ ।

भेरीगंगा नगरपालिकामा भित्रएको दमकलको मुल्य ८० लाख रहेको छ । तर भारतीय दुतावासले निःशुल्क दमकल उपलव्ध गराएको हो ।