☰ open Loading... 15 October 2024|  

सुजुकीको स्वरुम सुर्खेतमा स्थापना
  | २९ भाद्र २०७३, बुधबार १९:१६

मारुती सुजुकी विक्री गर्दै आइरहेको सीजी माटोकर्पले यस क्षेत्रका ग्राहकहरुको मागलाई मध्यनजर गर्दै स्वरुम सञ्चालनमा ल्याएको छ ।

स्वरुम सञ्चालनसँगै केही महिना भित्रै शाखाले वीरेन्द्रनगरमै सर्भिस सेन्टर समेत सञ्चालन ल्याउने तयारीमा जुटेको छ । सुजुकीको देशभरका ३४ जिल्लामा शाखा र ४१ वटा सर्भिस सेन्टर रहेको सीजी मोटोकर्पका पश्चिमाञ्चल डिलर ईन्चार्ज प्रशान्त पौडेलले जानकारी दिए ।

suzuki4

उनले सुर्खेतसहित दैलेख, जुम्ला, कालिकोट, जाजरकोट लगायतका जिल्लाका ग्राहकहरुले सहजै सुर्खेतबाट सुजुकीका विभिन्न मोडलहरु खरिद गर्न सक्ने बताए ।

सुजुकी ब्राण्डका हाल विभिन्न मोडलका १४ वटा गाडीहरु रहेका छन । यस क्षेत्रका ग्राहकले आफूले चाहेको गाडी वीरेन्द्रनगरबाटै खरिद गर्न सक्ने पौडेलको भनाई छ ।

यात्रु बोक्ने सवारी १४ र व्यापारिक प्रयोजनका २ वटा गाडीहरु सिजी मोटोकर्पसंग छन् । व्यापरिक प्रयोजनतर्फ सुपर क्यारी र ओम्भी भ्यान छन । तर ओम्नी भ्यान पछिल्लो समय धेरै विक्री हुने गाडी भएको पौडेल बताउँछन् ।

सुर्खेतमा मात्रै ओम्भी भ्यान ५० बढी विक्रि भैसकेका छन । बेजा कारको मुल्यय ३६ लाखदेखि ४६ लाख रहेको ईन्चार्ज पौडेलले बताए । यस्तै ओम्नी भ्यानको मुल्य १३ लाख ९ सय ९९ रुपैयाँ छ ।

ग्राहकको मागलाई मध्यनजर गर्दै २० प्रतिशत फाइनान्स सुविधा पनि कम्पनीले उपलव्ध गराएको छ । दशैँ तिहारलाई लक्षित गर्दै सुजुकी ब्राण्डका गाडीहरु खरिद गर्ने ग्राहकले ५० हजार देखि २ लाखसम्म छुट पाउने इन्चार्ज पौडेलले जानकारी दिए ।