☰ open Loading... 26 July 2024|  

यसरी मनाईयो पश्चिम नेपालमा बाल दिवस
  | २९ भाद्र २०७३, बुधबार १८:४४

३७ औं राष्ट्रिय बाल दिवसको अवसरमा सुर्खेतका तीनवटा लायन्स क्लवले स्टेशनरी वितरण गरेका छन् । लायन्स क्लब अफ काक्रेबिहार, लायन्स क्लब अफ सुर्खेत भ्याली तथा लायन्स क्लब अफ सुर्खेत मध्यपश्चिमको संयुक्त आयोजनामा जनजागृत आधारभुत विद्यालय, पदमपुर सुर्खेतमा स्टेशनरी सामाग्री वितरण गरिएको हो ।

strudent

२०४८ सालमा स्थापना भएको उक्त विद्यालयमा ३४ जना दलित, ३७ जना जनजाती र ५७ जना अन्य समुदायका गरी कुल १३१ जना विद्यार्थीहरु अध्ययनरत् छन् ।

जिल्ला शिक्षा अधिकारी दीपा हमालले विद्यालयका बालबालिकाहरुलाई स्टेशनरी सामग्री हस्तान्तरण गरिकी थिईन् । लायन्सले दिएका सामग्रीमा ६ थान कपी, १ दर्जन पेन्सील, १ थान कलर बक्स तथा एक थान ज्यामेट्री बक्स छन् ।

bal dibas

स्टेशनरी वितरणमा लायन्स क्लबका रिजन चियरपर्सन लायन कल्पना कार्की, जोन चियरपर्सनहरु एम.जे.एफ. लायन विजय पराजुली, लायन सरस्वती बस्नेत, युथ क्याम्प तथा एक्सेन्ज प्रोगाम चियरपर्सन सम्राट गौतम, पर्यटन प्रर्बद्धन कोओडिनेटर लायन कमल नेपाल, उमन लिडर कोओडीनेटर लायन धनक’मारी खरेल तथा क्लबका सचिव, कोषाध्यक्ष एवम सदस्यहरुको उपस्थिति थियो ।

यता, सम्वर्धन बालअधिकारको, कार्यान्वयन संविधानको भन्ने मुल नारा सहितको राष्ट्रिय बाल दिवस मनाइएको छ । वडा स्तरीय बाल संजाल, नव कोपिला बाल क्लव अन्तरगत वीरेन्द्रनगर नगरपालिका वडा नं. ०३ स्थित पिपलचौतारी टोलमा गठित पिपलचौतारी बाल क्लवको आयोजना, युथ फर चिल्ड्रेन र नारेटप्पर कृषि वहुमुखी सहकारी संस्थाको समन्वयमा अन्तरक्रिया सम्पन्न भएको छ ।

युथ फर चिल्ड्रेनका अध्यक्ष विनोद कडेलले दिवसमै मात्र गर्नुभन्दा बालअधिकार सुनिश्चित गर्ने कुरामा जोड दिनु पर्ने बताए । उनले बाल अधिकार स्थानिय तहमा नै सुनिश्चित गर्ने कार्यमा सवै सरोकारला लागे मात्रै यथार्थ समाज निर्माण हुने भनाई राखे ।

child-day
नारेटप्पर कृषि वहुमुखी सहकारी संस्थाका अध्यक्ष चन्द्र प्रसाद खनालले सवै क्षेत्रमा बालबालिकाको सहभागिता गराएर अर्थपुर्ण लगानी भएमात्रै बालअधिकार सुनिश्चित हुने तर्क राखे ।

तर पिपलचौतारी बाल क्लबकी अध्यक्ष सन्ध्या आचार्यले बालबालिकाको शिर्षकमा राज्यले गर्दै आएको लगानीको सहि सदुपयोग र कार्यान्वयन तथा सम्बन्धित निकायको प्रत्यक्ष निगरानि हुनुपर्नेमा जोड दिएकी थिइन् ।

यसैविच, नेपाल अंग्रेजी भाषा शिक्षक संघ सुर्खेत (नेल्टा) एक्सेस सेन्टर सुर्खेतले वाल दिवसको अवसरमा विद्यार्थीले सिर्जना गरेका विभिन्न सृजनाहरूलाई समेटेर एक्सेस सेन्टरमा एक्सेस भोइस नामक भित्तेपत्रिकाको प्रकाशन गरेको छ । भित्तेपत्रिकाको उद्घघाटन नेल्टा सुर्खेतका अध्यक्ष विष्णु कुमार खड्काले गरेका थिए ।

nelta

उनले नयाँ पुस्तालाई सशक्तिकरण गर्दै आजको युग अनुकुलको नागरिक तयार गर्न नेल्टा सुर्खेतले अँग्रेजी र आइसिटिलाई सशक्तिकरणको प्रमुख साधनको रुपमा लिएको तथा यस सूचना प्रबिधिको प्रयोग गर्न सक्ने बनाउन सहजीकरण गर्ने बताए ।

नेल्टा एक्सेस सेन्टर सुर्खेतले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा प्रथम प्रदिप राना क्षेत्री, द्वितीय मदन सापकोटा र तृतीय हरिशरण रावतलाई पुरस्कार वितरण गरिएको थियो ।

नेपाल अंग्रेजी भाषा शिक्षक संघ सुर्खेतले सुरुवात गरेको नेल्टा इन स्कुल अभियान अन्तर्गत गठन गरिएका नेल्टा क्लबहरूले आ–आफ्नो विद्यालयमा बिभिन्न रचनात्मक क्रियाकलापहरू संचालन गरेका थिए ।

यता, सल्यान सम्वाददाता बुद्धिमान पुनका अनुसार सल्यानमा बाल दिवसका आयोजनामा कविता र चित्रकला प्रतियोगिताको आयोजना गरेर मनाइएको छ । जिल्ला बाल कल्याण समिति सल्यानले खलंगाको लुहापिङ्गमा माविस्तरिय कविता तथा निमावि स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न गरेको जनाएको छ ।

salyan p

जिल्ला बाल कल्याण समिति सल्यानका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले बालश्रम शोषणको अन्त्य गर्नमा सवै लाग्नु पर्ने बताएका छन् ।

स्थानिय विकास अधिकारी रामचन्द्र पौडेलले छोराछोरीलाई सम्पत्तीभन्दा पनि उनिहरुको शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।प्रतियोगितात्मक कार्यक्रम चित्रकलामा क्रेटिभ एकेडेमी खलंगाका सन्तोष जि.एम. प्रथम, शिवजन उमावि शित्तलपाटीका तारा प्रसाद वि.क दोस्रो, निराजन मा.वि. ढोरचौरका दिपक राना तेस्रो र त्रिजउमावि लुहापिङ्गका सलिना के.सी सान्त्वना भएका छन् ।

यस्तै मावि स्तरिय कवितामा निराजन मावि ढोरचौरका इन्द्रजित रोका प्रथम, शिवजन उमावि की प्रतिमा वि.क. दोस्रो, त्रिजउमावि लुहापिङ्गका सन्तोष केसी तेस्रो, र त्रिजमावि भोटेचौरका सुनिता बुढाथोकी तथा त्रिजउमावि लुहापिङ्गका सन्तोष रोका सान्त्वना भएका छन् ।

दिवसकै अवसरमा जिल्लाको पश्चिमी क्षेत्रमा बालविवाह न्युनिकरण सम्बन्धि ¥याली तथा वक्तृत्व कला प्रतियोगिता गरिएको छ । प्रतियोगितामा उमावि च्युरा कक्षा ११ का सरिता रावत प्रथम, सोही विद्यालयकै नारायण विष्ट दोस्रो र भिमराज बस्नेत तेस्रो भएका छन् ।

लेखपोखराको सिरुवालीमा रहेको सरस्वती निमाविमा लोकगित र नृत्य प्रतियोगिता सम्पन्न भएको विद्यालयले जानकारी दिएको छ । यस्तै, पिपलनेटाको कुमाई गाँउमा दिवसको अवसरमा फुटबल, भलिबल, हिसाब दौड प्रतियोगिता गरिएको छ ।

लेखपोखराको पाखापानीमा रहेको महेन्द्र माविले कविता, हाईजम्प, कुर्सी दौड, बागचौर नगरपालिकाको गैरागाउँमा रहेको सरस्वती सदन आधारभुत विद्यालयले बालअधिकार सम्बन्धी ¥याली र अन्तर सदनात्मक हाजिर जवाफ प्रतियोगिता र लेखपोखराको चौरपानीमा रहेको त्रिजमाबीले वादविबाद, हाजिरी जबाफ, हिसाब दौड, तातो आलु लगायतका प्रतियोगिता सम्पन्न गरेको छ ।