☰ open Loading... 23 December 2024|  

विश्वका सात अनौंठा स्वीमिङ्ग पुल (फोटोफिचर)
  | ३१ भाद्र २०७३, शुक्रबार १३:१७

रीटी राह, माल्दीप

reethi
रीटी राह एक सय फीट गहिरो छ । यो स्वीमिङ्ग पुलमा रमाउनेहरुका लागि शान्त र आराम महसुश हुने गरी निर्माण गरिएको छ ।

मरीना बे सैंड्स होटल सिंगापुर

marinabay
५७ तला रहेको यो होलटरको ५ सय फिट ठुलो स्वीमिङ्ग पुल रहेको छ । यहाँ पुग्ने आगन्तुक आफै आश्र्चयमा पर्ने गर्दछन् । यही होटलबार सिंगापुरका अधिकाँश दृष्य हेर्न सकिन्छ ।

कतिकींज होटल, सैंटोरिनी, ग्रीस

यस होटलमा अत्याधिक चिसो पानी रहेको स्वीमिङ्ग पुल रहेको छ । तर पनि स्वीमिङ्गको अनन्दा लिने पर्यटक भने चिसोको कुनै प्रवाह नै गर्दैनन् ।

katikies

यो स्वीमिङ्ग पुलमा पर्यटकहरुका लागि सुर्यको वाफ र खुला हावामा स्पा लिने व्यवस्था गरिएको छ । यो पुलबाट दृष्यहरु जादु जस्तै देखिन्छन् ।

होटल करुसो, रैवेल्लो, इटली

caruso_
अल्फामी तटमा रहेको यो होटलको स्वीमिङ्ग पुल पनि अचम्मै सुन्दर छ । यो तातो पानीको स्वीमिङ्ग पुल हो । यो पुलमा इटलीको दृष्य समेत नियाल्न सकिन्छ । तर यहाँ पुग्नेहरु आफू समन्द्रमा छौं या जमिनमुनी छौं भन्ने केही पत्तो नै पाइदैन् ।

कैम्बिरियन, ऐडलबोडेन, स्वीजरल्याण्ड

हिउको पहाडमा रहेको यो स्वीमिङ्ग पुलका पानी तातो रहेको छ । यति चिसो ठाउँमा कसरी पानी चिसो हुन सक्छ भन्ने प्रश्न यहाँ पुग्नेहरु गर्छन् । तर स्वीमिङ्ग पुलमा पस्दा अचम्मित हुने गरेका छन् । पुलबाट देखिने दृष्यले पर्यटकलाई थप लठ्ठ पार्दछ ।

cambrian
अचम्मको कुरो यो छ की जाडो वा गर्मीहोस् सधै बाह्रै महिना हिउले ढाकिरहने यो ठाउँमा रहेको पुलमा स्वीमिङ्ग गर्न पर्यटन पसेपछि बाहिर आउनै मान्दैनन् ।

यूबुड हैंगिंग गार्डेन, बाली

यहाँ अवस्थित स्वीमिङ्ग पुलको वयान शव्दमा गरेर सकिदैन् । जंगलले घेरेर उचाईमा निर्माण गरिएको यो पुलका दुई गार्डेन रहेका छन् ।

ubud
यसको ढोका ज्वालामुखीबाट निस्केको राखबाट बनेको छ । शान्त वातावरणमा सुन्दर दृष्य अवलोकालन गर्न यहाँ पुग्नेहरु मज्जाले रमाउने गर्दछन् ।

जेड माउंन्टेन, सेंट लुसिया

jade
यहाँ २९ वटा स्वीमिङ्ग पुल छन् । युनेस्कोले यसलाई पर्यटन क्षेत्र घोषणा गरेको छ । यहाँ निर्माण गरिएका स्वीमिङ्ग पुलहरु विशेष प्रकारको टायल बनाइएका छन् । जुन विश्वका सयौं स्वीमिङ्ग पुलभन्दा यसको पहिचान अलग्गै छ ।

आजतकको सहयोगमा