☰ open Loading... 15 October 2024|  

निःशुल्क औषधि अभाव हुन नदिन स्वास्थ्य मन्त्रीको निर्देशन
  | ३१ भाद्र २०७३, शुक्रबार १९:०५

निःशुल्क रुपमा वितरण हुने औषधीको अभाव हुन नदिन स्वास्थ्य मन्त्री गगन थापाले मातहतका निकायलाई कडा निर्देशन दिएका छन् । मन्त्री थापाको निर्देशन पश्चात स्वास्थ्य सेवा विभाग, पुनर्जागरण महाशाखाले देशभरका स्वास्थ्य संस्थाहरुलाई पत्र पठाई निःशुल्क वितरण हुने औषधी अभाव हुन नदिन र अभाव भए तत्काल खरिद गर्न निर्देशन दिएको छ ।

gaganthapa

‘स्वास्थ्य चौकीहरुमा औषधी अभाव भए सम्बन्धित कार्यालयका साथै शाखा, लेखा र स्टोरका प्रमुख जवाफदेही हुनुपर्नेछ’ महाशाखाले जारी गरेको पत्रमा भनिएको छ ।

स्वास्थ्य संस्थामा राख्नुपर्ने न्यूनतम मौज्दातलाई पनि कायम राख्न महाशाखाले मातहतका स्वास्थ्य निकायको ध्यानाकर्षण गराएको छ । रकम नपुगेका कारण औषधी अभाव भएमा तत्काल केन्द्रमा बजेट माग गर्न पनि महाशाखाले परिपत्र गरेको छ ।

समयमै ताकेता नलिने, विभिन्न बाहनामा औषधि अभाव देखाउने गरेमा त्यस्ता कर्मचारीलाई कारवाही गर्न पनि मन्त्री थापाले निर्देशन दिएका छन् । आर्या फर्माबाट उत्पादन हुने औषधिमा प्रहरीले छानविन गरिरहेकाले उक्त कम्पनीका औषधीहरु अन्य कम्पनीबाट स्थानीय स्तरमा खरिद गर्न पनि निर्देशन दिइएको छ ।