☰ open Loading... 17 May 2024|  

भवन निर्माणार्थ जग्गा दान
  | १ आश्विन २०७३, शनिबार ०८:१२

रोल्पा घोडागाउ बस्ने पदम प्रशाद पोख्रेलले कृषि सेवा केन्द्रको भवन निर्माण गर्नका लागि जग्गा दन दिएका छन् । जिल्ला कृषि विकास कार्यालय रोल्पालाई दान गरेको आधा रोपनी जग्गाको पुर्जा हस्तान्तरण गरेका हुन् ।

जग्गा दान गर्ने पोख्रेललाई वरिष्ठ कृषि विकास अधिकृत किशोर प्रशाद पन्त लगायतका कर्मचारीले सम्मान गरेका थिए ।

पोख्रेलले आफुले दान गरेका जग्गा कृषि सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरे । तर उनले जग्गाको सही सदुपयोग गर्न सुझाव दिए ।

घोडागाउमा कृषि कार्यालयको सेवा केन्द्र निर्माण भएपछि आसपासका नागरिकलाई सहज हुने अधिृकत पन्तले जानकारी दिए ।