☰ open Loading... 19 April 2024|  

पर्यटन प्रवद्र्धन गर्न बर्दिया–रारा यात्रा
  | १ आश्विन २०७३, शनिबार १९:४४

मध्यपश्चिम विकास क्षेत्रमा रहेका पर्यटन क्षेत्रको विकास गर्न बर्दिया–रारा यात्रा शुरु भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले शनिबार वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा बर्दिया र बाँकेको (गाभर भ्याली) देखि रारासम्म अभियान थालिएको हो ।

बर्दिया–बाँके–सुर्खेत–दैलेख–कालिकोट–जुम्लाहुँदै रारासम्म यात्रा थालेको यो अभियानले यस क्षेत्रका पर्यटन गन्तव्यहरुको अध्ययन गर्नेछ ।

bardiya-rara

जिल्ला विकास समिति सुर्खेतको आयोजनामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय पर्यटन विभाग प्रमुख सुर्य थापाले अन्य प्रदेशहरुको तुलनामा प्रदेश नम्बर ६ मा पर्यटन सम्भानाहरु थुप्रै रहेको उल्लेख गरे । उनले यहाँ रहेका पर्यटकिय स्थलहरुको प्रवद्र्धन गरेमा प्रदेशले आर्थिक समृद्धिमा फड्को मार्ने बताए ।

प्रदेश नम्बर ६ को पर्यटन क्षेत्रहरुले यहाँको मात्र नभएर दशेकै आर्थिक समृद्धिमा ठुलो सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कोईरालाले प्रदेश ६ को पर्यटन विकास सम्वन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले यस क्षेत्रका पर्यटन गन्तव्यको पहिचान गरेर आर्थिक, सामाजिक, साँस्कृतिक र शैक्षिक रुपमा विकास गर्न सकिने बताए । देशका कतिपय स्थानमा होमस्टेले उदाहरिणय कार्य गरेकाले प्रदेश नम्बर ६ मा पनि स्थापना हुन जरुरी रहेको सुझाव दिए ।

कोईरालाको कार्यपत्र माथि काँग्रेसका कोषाध्यक्ष अनन्दप्रसाद पौडेल, एमाले अध्यक्ष ध्रुबकुमार शाही, महिला नेतृ मोहनमाया ढकाल लगायतले पर्यटकिय स्थलको पहिचान गरी त्यही अनुसारको रणनीति बनाएर अघि वढनु पर्ने बताएका छन ।