☰ open Loading... 2 May 2024|  

२५ लिटर घरेलु मदिरा नष्ट
  | १ आश्विन २०७३, शनिबार १९:३६

शान्तडा गाविसको कालापानीबाट गैरीटाँट ल्याईदै गरेको अबैध घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । गैरीटाँड ल्याईदै गरेको २५ लिटर अबैध घरेलु मदिरा शनिबार अस्थायी प्रहरी पोष्ट गैरीटाँडले बरामद गरी नियनत्रणमा लिएको हो ।

जिल्लाका विभिन्न ठाउँमा हुने मेलालाई मध्यनजर गर्दै ल्याईएको हुनसक्ने मदिरा प्रहरीले शनिबार बिहान ५ बजे नियन्त्रणमा लिएको खवर छ ।

प्रहरी पोष्ट गैरीटाँडका प्रहरी सहायक निरिक्षक चन्द्रबहादुर बलायर, देवराज नाथ र जीत बहादुर खड्काको संयुक्त टोलीले अबैध मदिरा नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएको मदिरा राजनीतिक दल लगायतको रोहबरमा शनिबार नै नष्ट गरेको छ ।