☰ open Loading... 26 July 2024|  

गरिवीले ईट्टा उद्योगमा काम गर्न बाँध्य बालबालिका
  | २ आश्विन २०७३, आईतवार १६:३३

एक हजार आठसय बालबालिका स्कुल जाँदैनन्

जिल्लामा अझै पनि एक हजार ८ सय बालबालिकाहरु विद्यालय बाहिरै रहेको तथ्याङ्कले पुष्टि गरेको छ । विद्यलाय बाहिरै रहेन बालबालिकाहरुमा रोल्पा जिल्लाको पश्चिमी क्षेत्रका गाविस धेरै रहेका छन् ।

जिल्ला शिक्षा कार्यालय, रोल्पाको तथ्याङ्कमा पाँच सय ५७ दलित, ८२८ जनजाती, अन्य समुदायका ५ सय ८ बालबालिकाहरु अझै पनि विद्यालय बाहिरै रहेका छन् । विद्यालय पहुँचमा नहुनु मुख्य कारण गरिवी रहेको जिल्ला शिक्षा अधिकारी चिरन्जीवी पौडल बताउँछन् ।

तर गरिवीसँगै, बसाईसराई, बालबिवाह, अपागंता, बाबुआमाको स्वास्थ्य स्वस्थ नहुनु, भाई बहिनीको हेरचाह, घरको व्यस्तता, पढ्नमा रुची नभहुनु पनि रहेको कारण देखिएको पौडेलको भनाई छ ।

बालबालिका अध्ययन गर्न घरदेखि १५ मिनेटको दुरी उल्लेख भएपनि भौगोलिक विकटताले कतिपय बालबालिकाहरु स्कुल जान नमानेको अभिभावकहरु बताउँछन् ।

१० वर्षे शसस्त्र द्वन्द्वले सवैभन्दा बढी मानविय र भौतिक क्षती व्यहोरेको रोल्पाले अझै पनि द्वन्द्वको प्रभाव नमेटिएको स्थानीय ईश्वरी जि.एम बताउछिन् ।

‘द्वन्द्वको क्रममा अभिभावक गुमाएका बालबालिकाहरु अझैपनि आर्थिक समस्याले ग्रसित छन् ।’ जिएमले भनिन्–‘गरिवीकै कारण यहाँबाट बालबालिकाहरु ईट्टा भट्टामा काम गर्न जानेको संख्या बढ्दैछ ।’

चाडपर्वको समयमा पेश्की लिने र दशै तिहार पश्चात तराईका जिल्लाहरुमा परिवार नै ईट्टा भट्टामा जाने क्रम विगतका वर्षभन्दा बढ्दै जानुले पनि बालबालिकाहरु विद्यालय बाहिर रहेको उनको भनाई छ । खासगरीका जिल्लाको पश्चीमी गाविसहरुबाट बालबालिकाहरु ईट्टा भट्टामा जाने गरेको पाईएको छ ।

रोल्पामा मगर सामुदायको बाहुल्यता बढी छ, आफ्नै भाषमा पाठ्यक्रम नहुँदा राष्ट्रिय भाषमा पढ्नमा रुची नराख्ने गरेको स्रोतव्यक्ति राजेश धितालको तर्क छ ।

मगर सामुदायका बालबालिकाहरु नै बढी विद्यालय बाहिर रहने गरेको तथ्याङ्क शिक्षा कार्यालयसंग छ । समाज परिवर्तनको मुख्य आधार शिक्षा हो, यति धेरै बालबालिकाहरु विद्यालय बाहिर रहनु दुःखद् पक्ष भएको बाल कल्याण माविका प्राधानाध्यापक मदुसुधन पोखरेलले बताए ।

ण्सामाजिक विभेद र शिक्षकबाट गलत व्यवहारको कारण बालबालिकाहरु विद्यालयको नाम लिने वित्तिकै डराउने गरेको उनको भनाई छ ।

गत आर्थिक वर्षमा विद्यालय शिक्षालाई गुणस्तरिय गराउन विद्यालयको पहुँच बढाउने प्रयास, बालमैत्री विद्यालय, कक्षा व्यवस्थापन सुधार, विद्यार्थी भर्ना अभियान जस्ता कार्यक्रमहरु लागु गरिएको थियो । तर पनि तथ्याङ्कमा उल्लेख्य सुधार भएको छैन् ।

कार्यालयले अभिभावक शिक्षा, दिवा खाजा, रंगीन पाठ्यपुस्तको व्यवस्था, बाल पुस्तकालयको स्थापना र साक्षरता कक्षाहरु सन्चालन गर्दै आएको शिक्षा अधिकारी पौडेलको दावी छ ।

जिल्लामा विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालय पहुँचमा पुर्याउने लक्ष्य रहेकाले यस्ता कार्यक्रमहरुलाई थप प्रभावकारी बनाएको उनी बताउँछन् ।

यता, सेभ द चिल्ड्रेनले सहयोगमा मानव अधिकार सचेतना केन्द्र (हुरेक) रोल्पाले जिल्लाका विभिन्न ७ वटा गाविसमा विद्यालय बाहिर रहेका ४ सय ५८ बालबालिकाहरुलाई विद्यालयको पहँुचमा पुर्याएको दावी गरेको छ ।

जिल्लमा सामुदायिक विद्यालयतर्फ प्रावि २ सय ५८, निमावि ७९, मावि ६१ र उमावि ११ छन् । यस्तै, निजि विद्यालयतर्फ प्रावि १९, निमावि ४, मावि ५ विद्यालय छन् ।