☰ open Loading... 20 April 2024|  

पढ्दा पढ्दै कहाँ हराउँछन् ६ प्रतिशत विद्यार्थी ?
  | २ आश्विन २०७३, आईतवार १६:५१

अछाम जिल्लामा आधारभुत तहका विद्यार्थीहरु विचमै कक्षा छोड्ने गरेका छन् । एक कक्षामा भर्नाहुने विद्यार्थीको संख्या ८ कक्षासम्म पुग्दा घट्ने गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

तीन वर्ष अघि ३ प्रतिशत रहेको बालबालिकाहरुको विद्यालय छाड्ने दर बढेर ६ प्रतिशत पुगेको छ । ३ सय ५१ प्रावि, ७६ निमावि र ६३ मावि विद्यालयमा गरिएको सर्बेक्षणले औसत ४ दशमलव ८६ प्रतिशत बालबालिकाहरु बिचमै कक्षा छाड्ने गरेको जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्टले बताए ।

उनका अनुसार २०७० सालमा ३ दशमलब २ प्रतिशत रहेको विद्यालय छोड्ने दर २०७२ सम्म आइपुग्दा ६ प्रतिशत पुगेको छ । विभिन्न स्रोत केन्द्रहरुका अनुसार पढ्दापढ्दै बिचमै हराउनेमा छात्र भन्दा छात्राको संख्या बढी छ । अछाममा १४÷१५ बर्षमा विवाह गरेकाले यो समस्या आएको सरोकारवालाहरु बताउँछन् ।

जिल्लामा विभिन्न समयमा हुने सर्वेक्षणले शैक्षिक अवस्थामा सुधार भएपनि पूर्ण रुपमा सफलता पाउन सकिएको छैन् । गरिबी, अशिक्षा र बेरोजगारीकै कारण धेरै जस्तो घरका बालबालीकाहरुले बिचमै पढाइ छोड्नुपर्ने बाध्यता रहेको अभिभावकहरु बताउँछन् ।