| ३ आश्विन २०७३, सोमबार १७:१८
लिसार सांस्कृतिक समुह सुर्खेतको नयाँ कार्यसमिति चयन भएको छ । लिसारको पाचौ वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः मधुसूदन थापा मगर निर्वाचित भएका हुन् ।
लिसारको उपाध्यक्षमा निर्मला गाहा, सचिवमा तारा थापा मगर, सहसचिवमा लक्ष्मी लामिछाने मगर र कोषाध्यक्षमा निर्मला गाहा मगर छन् ।
यस्तै समितिको सदस्यहरुमा गौरव राना, सोम सारु, विपना मन्दिर, सिर्जना गाहा, सविता बुढाथोकी र प्रेम थापा मगर चयन भएको प्रकाश तारमी मगरले जानकारी दिए ।