☰ open Loading... 26 July 2024|  

विश्वविद्यालयका स्ववियु पदाधिकारीले सपथ खाए (भिडियोसहित)
  | ४ आश्विन २०७३, मंगलवार ११:५७

गत भदौ १२ गते भएको मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनका निर्वाचित पदाधिकारीले पद तथा गोपनियताको सपथ खाएका छन् । विश्वविद्यालयको आयोजनामा भएको कार्यक्रममा उनीहरुले मंगलबार पद तथा गोपनीयताको सपथ खाएका हुन् ।

mu-p1
पद तथा गोपनियताको सपथ खादै स्ववियु पदाधिकारीहरु । तस्वीर ः सुशील

विश्वविद्यालय सुर्खेतका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोईरालाले विजयी पदाधिकारीलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

प्रत्यक्षतर्फ निर्वाचित भएका पदाधिकारीले मंगलबार सपथ खाएपनि बाँकी ७ समानुपातितर्फका पदाधिकारीलाई पछि सपथ खुवाइने छ ।

sapatha

कार्यक्रममा बोल्दै उपकुलपति कोईरालाले विश्वविद्यालयका शैक्षिक र प्राज्ञिक उन्नतीको लागि स्ववियु पदाधिकारीले साथ दिनेमा आफू विश्वस्त रहेको बताए ।

उनले विद्यार्थीको माग र विश्वविद्यालयको लक्ष्य अनुसार पदाधिकारीले काम गर्न सुझाव समेत दिए । सपथ कार्यक्रममा बोल्दै निर्वाचन छानविन समितिका संयोजक मस्तबहादुर गरञ्जाले निर्वाचन बारे बाहिर उठेका टिकाटिप्पणि गलत भएको जानकारी दिए ।

‘हामीले तथ्यका आधारमा छानविन गर्ने हो ।’ गरञ्जाले भने,–‘बाहिर आए जस्तो हल्ला गलत हो, निर्वाचनको नतिजा सत्य छ ।’

गरञ्जाले छानविन गरेर निर्वाचन समिति र विश्वविद्यालयलाई प्रतिवेदन समेत बुझाएको जानकारी दिए । भदौ १२ गते भएको विश्वविद्यालयको स्ववियु निर्वाचनमा एक हजार ४८० मत खसेको थियो ।

यसमा ५० मत बदर भएर थियो एक हजार ४३० मत सदर भएको हो । स्ववियु सभापतिसहित ९ सदस्यीय कार्यसमितिमा नेपाल विद्यार्थि संघले एकलौटी विजय हाँसिल गरेको थियो ।

सचिवमा अनेरास्ववियुका भरतबहादुर शाही विजयी भएका थिए । १७ सदस्यीय स्ववियु कमिटीमा ७ सदस्य समानुपातिक हुने प्रावधान छ ।