☰ open Loading... 7 September 2024|  

खोरेत रोगबाट ५० पशु चौपायको मरे 
  | ४ आश्विन २०७३, मंगलवार १२:१२

अछामको खप्तड गाविसमा पशुचौपायामा एक्काशी खोरेत रोग देखा परेको छ । एक महिनादेखि गाविसको वडा नम्बर १ देखि ६ सम्म खोरेत रोग फैलिएपछि हालसम्म ३० बढी बाख्रा र १० गाइ तथा गोरु मरिसकेको स्थानीयको भनाई छ ।

खोरेत रोग लागेका गाइ, गोरु र बाख्राहरुको मुखमा फोकाहरु आउने वितिकै घाँस खान छोडेपछि २ दिन भित्रै मर्ने गरेका स्थानीय खगेन्द्र कडायतले जानकारी दिए । उनका अनुसार खप्तड गाविस वडा नम्बर ४ मा मात्रै १० बाख्रा मरिसकेका छन् ।

ईलाका र जिल्ला पशु सेवा कार्यालयमा औषधिका लागि नगएपनि नीजि एग्रोभेट लिएको औधरीले ठिक नभएको उनको भनाई छ ।

कृषकले गरिवी निवारणबाट किनेका बाख्रा बढी मरेका छन् । गाविसका वीरे कामी, अमर विक, आईते कडायतका बाख्रा बढी मरेका छन् । पशुचौपायामा दिनदिनै रोग बढदै गएपछि कृषकहरु चिन्तित बनेका छन् ।

उनीहरुले ईलाका पशु सेवा तथा जिल्ला पशुसेवा कार्यालयबाट पशुरोग विशेषज्ञलाई पठादिन आग्रह गरेका छन् ।