☰ open Loading... 16 September 2024|  

६ वटा सुपथ मुल्यका पसल सञ्चालन
  | ४ आश्विन २०७३, मंगलवार १३:२९

नजिकिँदै गएको चाडपर्वमा जनतालाई राहत उपलब्ध गराउन सुदूरपश्चिमका ६ ठाउँमा शनिबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीले कञ्चनपुरको भीमदत्तनगर, कैलालीको धनगढी र टीकापुर, डोटीको दिपायल, डडेलधुरा र बैतडीको पाटनमा खाद्यान्न वस्तुको सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

कर्पोरेसनको धनगढीस्थित कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले यी पसलबाट चिनी प्रतिकिलो रु ७९ र आयोडिनयुक्त नुन प्रति पाकेट रु १६ मा बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको बताए ।

सरकारको निर्णयअनुसार सञ्चालनमा ल्याइएका सुपथ मूल्य पसलहरु आगामी कात्तिक २१ सम्म सञ्चालन गरिने छ ।

सुपथ मूल्य पसल सञ्चालन भएसँगै तराईमा चिनीको हालको स्थानीय बजार मूल्य नियन्त्रण हुने र पहाडी जिल्लामा स्थानीय बजारको मूल्यभन्दा प्रतिकिलो रु ११ देखि २१ सम्म कम मूल्य पर्नेछ । भारतीय बजार क्षेत्रबाट भित्रिने चिनी सुदूरपश्चिमका बजारमा खपत हुने गरेको छ ।

स्रोत : सिधारेखा