प्रदेश नम्बर ६ मा रहेका स्थानीय निकायहरुका प्रमुखहरु वार्षिक समिक्षा कार्यक्रमका लागि सुर्खेतमा आएका छन् । प्रदेश अन्तरगत रहेका १० जिल्लाका जिल्ला विकास समिति र नगरपालिका प्रमुखहरु आर्थिक वर्ष २०७२।०७३ को वार्षिक प्रगति समिक्षा गोष्ठीमा सहभागी छन् ।
दुई दिनसम्म सञ्चालन हुने गोष्ठीको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आयोजना गरेको हो । मुलतः स्थानीय निकायले गरेका कामहरुको समिक्षा, चुनौती र प्रभावकारी सेवा दिन के कस्ता रणनीतिहरु बनाउन सकिन्छ भन्नेबारे गोष्ठी केन्द्रीत हुनेछ ।
गोष्ठीको उद्घाटन सत्रमा बोल्दै स्थानीय विकास मन्त्रालयका राज्यमन्त्री श्रीप्रसाद जवेगुले यस क्षेत्रमा भैरहेका कामहरु र चुनौतीहरुको पहिचान गरेर मन्त्रालय अगाडी बढ्ने विश्वस्त दिलाए ।
मन्त्रालयले अर्थतन्त्रमा टेवा पुग्ने खालका कार्यक्रमहरु सञ्चालन गर्दै आएकाले आगामी दिनमा थप कसरी सशक्त रुपमा लाग्न सकिन्छ भन्नेमा गोष्ठीले मार्गदिशातय गर्ने उल्लेख गरे ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले स्थानीय तहमा सेवालाई प्रभावकारी बनाउनमा जुट्नु पर्ने बताए । शान्ति सुरक्षाको पाटोतर्फ पनि स्थानीय निकाले सम्झन आवश्यक रहेको श्रेष्ठको तर्क छ ।
स्थानीय निकायले विपतका घटनाहरु धेरै हुने गरेको जानकारी दिँदै श्रेष्ठले विपत् न्युनिकरण गर्नमा केन्द्रीय तहले तदरुकता साथ लाग्नु पर्ने सुझाव दिए । उनले विपद आइपर्दा केन्द्र र स्थानीय निकाय विचको तालमेल नहुँदा समस्या पार्ने गरेको भनाई राखे । तर यसतर्फ मन्त्रालयलहरुले ख्याल पु¥याउन आवश्यक रहेको तर्क श्रेष्ठको थियो ।
स्थानीय विकास मन्त्रालयलका सह–सचिव मधु सुदन बुर्लाकोटीले प्रदेश नम्बर ६ मा रहेका स्थानीय निकयले गरेका कामहरुको समक्षिा, आगामी योजना र प्रभावकारी सेवा कसरी दिने भन्ने सवालमा गोष्ठी केन्द्रीत हुने जानकारी दिए ।
गोष्ठीमा सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, दैलेख, जाजरकोट र रुकुम जिल्लाका स्थानीय विकास अधिकारी, प्रमुख ईन्जीनियर, योजना अनुगमन तथा प्रशासनिक अधिृकतहरुको उपस्थिती छ ।
यस्तै, शारदा, बगाचौर, मुसीकोट, चौरहजारी, वीरेन्द्रनगर, भेरीगंगा, सुभाघाट गंगामाला, नरायण, दुल्लु र चन्दननाथ नगरपालिकाका कार्याकारी अधिकृतहरुको पनि उपस्थिती छ ।