जिल्ला नापी कार्यालय दैलेखको जग्गा नै कब्जा गरी अटेर रुपमा पसल सञ्चालन गरिएको छ । प्रहरी कार्यालयकै छेउमा रहेको नापी कार्यालयको तारवार गरिएको जग्गा भित्रै अटेर गरि पसल चलाईएको हो । बारम्वार कार्यालयले चेतावनी दिदा समेत ती ब्यवसायीले पसल चलाएका हुन् ।
गत असारमा नापी कार्यालयले ५ लाख रुपैया खर्चेर उक्त जग्गामा तारबार गरेको थियो । उक्त सरकारी जग्गाभित्र पसल र बगुर, बाख्रा पालन गरिएको छ ।
असारमै लगाईएको तरबार पनि पसल सञ्चालकले काटेर आउजाउ गर्न मिल्ने बनाएका नापी कार्यालयले जनाएको छ । सरकारी जग्गाभित्रै पसल चलाएपछि स्थानीयहरुले समेत विरोध गरेका छन् ।
नापीले आफ्नो जग्गा संरक्षणका लागि गरेको गरेको तारवार नै काटिएपछि पटक पटक पुनः तारबार समेत गरिएको नापी कार्यालय दैलेखले जनाएको छ ।
कार्यालयको जग्गाभित्र पसल सञ्चालन नगर्नका लागि पटक पटक भनेपनि अटेर गरेको जिल्ला नापी कार्यालय दैलेखका प्रमुख राजेन्द्र थापाले बताए ।
‘तारबार गर्नुअघि र पछि पनि जग्गा छाड्न ताकेका गरेको थियौं ।’ प्रमुख थापाले भने, अटेर गरेपछि जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन नै दियौं । अहिले प्रहरीमा समेत चिठी पुगेको छ ।’ उनका अनुसार प्रहरीले केही दिनमै अटाउने तयारी गरेको छ ।
नापीको जगभित्र पसल, बुगुर तथा बाख्रा पाल्ने गरिएको छ । स्थानीय ब्यापारीले जग्गा कब्जा गरेका हुन् । कार्यालयले लगाएको तारबार नै काटेर पसल चलाईएको दुखेको कार्यालय प्रमुख थापाले बताए ।
प्रशासनबाट पत्राचार भएकाले तत्काल आवश्यक कार्वाहीका लागि समन्वय गर्ने जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता भुवनेश्वर साहले बताए ।