☰ open Loading... 18 October 2024|  

प्रधानमन्त्री प्रचण्डले जागिर खाएका पत्रकारको चुनौती
  | ६ आश्विन २०७३, बिहीबार १३:४७

शुरु हुँदै ‘सिधा कुरा जनतासँग’ टक सो 

साउन १९ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निर्वाचित भए । आफू प्रधानमन्त्री निर्वाचित भएलगत्तै उनले नेपाल टेलिभिजनबाट शनिबार पौने ९ बजे प्रसारण हुने ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ का प्रस्तोता रवि लामिछानेको जागिर खाइदिए ।

उनले सो कार्यक्रमको प्रस्तोता आफ्नै पार्टी निकट पत्रकार बबिन शर्मालाई बनाए । शर्मा सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार पनि हुन् ।

sidha-kura

आफूलाई कुनै प्रस्टीकरणको मौकासमेत नदिई कार्यक्रम खोसेकोमा रवि लामिछाने अझै क्रूद्ध छन् । उनले ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ जस्तै मिल्ने गरी न्युज २४ टेलिभिजनबाट ‘सिधा कुरा जनतासँग’ कार्यक्रम ल्याउने भएका छन् ।
नयाँ कार्यक्रमबारे आफ्नो फेसबुकमा रवि लामिछाने लेख्छन् ः

प्रधानमन्त्रीज्यू, अब हामी आफ्नो कार्यक्रम अझ बेजोडले सञ्चालन गर्दैछौ । हामीबाट छल र बलपूर्वक खोसिएको कार्यक्रमको लोगो र अन्य श्रब्य दृश्य सामग्री अब नया‘ बनाउनुहोला ।

अब तिनको प्रयोग हामी आफै नै गर्दैछौ । नयाँ बनाउन नसक्ने भए हामीलाई खबर गर्नुहोला, सहयोग गर्न तयार छौं । तर हाम्रो बौद्धिक सम्पत्ति अब आउने कार्यक्रमबाट प्रयोग नगरी दिनु होला ।

तपाईलाई ५ मिने टमात्र भेट्ने पनि हैसियत मेरो रहेनछ । धेरै कुरें र धेरैलाई गुहारें । अब कुर्न पुग्यो प्रधानमन्त्रीज्यू । ठिकै छ, कुनै दिन उल्टो मलाई भेट्न पाए हुन्थ्यो भन्ने तपाईलाई लाग्ने गरी मेहनत गरुँला । यो मेरो दृढ संकल्प र आत्मविश्वास मात्र हो, घमण्ड हुँदै होइन । मलाई त्यो दिनको प्रतीक्षा रहिरहनेछ ।

जनता र प्रधानमन्त्रीबीचको पुलस्वरुप बनेको कार्यक्रमबाट यसको परिकल्पनाकार र सञ्चालकलाई हटाएर तपाईले के के न गर्नु होला भन्ने ठानेका थियौ, तर नतिजा देखियो । हुन त कत्रा कत्रा विषय मिलाउन ब्यस्त तपाईलाई यो विषय नाथे लाग्ला, तर मेरालागि यो विषय सानो हुन सकेन ।

धेरै समय लगाएर दुख र संघर्ष गरेर निर्माण गरेको कार्यक्रम कति निर्ममतापूर्वक खोस्नु भो है । कार्यक्रममा तपाई अहिले बस्ने गरेको कुर्सीसमेत अघिल्लो दिन आफैले किनेर ल्याएका थियौ हामीले, किन भने अघिल्लो प्र।म।को कुर्सीमा तपाई नबस्ने भन्ने खबर आयो ।

पूरै टिम मिलेर रातभर तपाईका लागि भनेर सेट परिवर्तन गरियो । तर तपाई त मलाई काम लगाएर मेरै कार्यक्रमबाट मलाई नै हटाउने सुर गर्दै पो हुनुहुँदो रहेछ । तपाईसँग कार्यक्रम सञ्चालन गर्ने लालच होइन, तर चित्त चाहिँ नराम्रोसँग दुख्यो । तपाईको कार्यकाल सफल रहोस् । शुभकामना १ अब सगौरव प्रस्तुत छ, जनताको चासो, गुनासो र प्रश्नसहितको विशेष कार्यक्रम ‘सिधा कुरा जनतासँग’ ।

 मिडिया एनपीबाट