☰ open Loading... 18 April 2024|  

भलिबल प्रतियोगितामा घाटगाउँ गाविस विजयी
  | ६ आश्विन २०७३, बिहीबार १६:४७

युवाहरुलाई खेलकुद बिकास गर्नको लागि अन्तर गाबिस स्तरीय भलिवल प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । २ दिनसम्म संचालन भएको प्रतियोगितामा ११ ओटा टिमको सहभागिता रहेको थियो ।

valiball

घाटगाउ, तातापानी, बाबियाचौर, , छाप्रे, लेखगाउ, गढी, तरङ्गार बिद्यापुरका टिम सहभागी भएका हुन । एचसी थ्रीको सहयोग र साझेदारी बिकास परियोजना अन्तरगत ग्रामीण एकता युवा संजाल बाबियाचौरको आयोजनामा भएको खेलको स्थानीय ब्यवस्थापन समूह आधारभुत बिद्यालयले बाबियाचौरले गरेको थियो ।

दुई दिनको खेल अबधि भर अनुशासित खेलाडी घाटगाउ गाबिसका गणेश बिक र उत्कृष्ट खेलाडी बाबियाचौर गाबिसका सुरत थापा छनौट भएका छन् । बाबियाचौरको ४ को खेल मैदानमा संचालन भएको भलिबल प्रतियोगितामा घाटगाउ गाबिस प्रथम भएको छ ।

त्यस्तै बाबियाचौर गाबिस द्धितिय र तरङ्गा गाबिस तृतीय भएको छ । प्रतियोगिताका बिजेताहरुलाई नगद पुरस्कार क्रमश दश हजार, सात हजार र पाँचहजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियोे । प्रतियोगितामा स्मार्ट जीवन, परिवार नियोजनको वारेमा जानकारी दिईएको थियो ।