☰ open Loading... 26 July 2024|  

अनुमतिविनै कोहीनुर कलेजले कक्षा सञ्चालन गरेको खुल्यो
  | ६ आश्विन २०७३, बिहीबार १८:५८

वीरेद्रनगर ६ हटीयामा दर्ता भएको कोहीनुर मल्टी टेक्नीकल कलेज प्रा.लिले वीरेन्द्रनगर १८ मा कार्यालय स्थापना गरि सिटिइभिटीले अनुमतीनै नदिएका कक्षाहरु संञ्चालन गरेको पाइएको छ ।

जिल्लामा सञ्चालित विभिन्न प्राविधिक शिक्षालयहरुको अनुगमनका क्रममा सो कलेज अनुमती नलिएरै कक्षा सञ्चालन गरेको पाइएको हो ।
प्रा.लीले सिटिइभिटीबाट लेवल १ को अनुमती लिएर लेवल २ पढाइरहेको भेटीएको छ । कोहीनुरका सञ्चालक टेक बहादुर कार्कीले सिटिभिटीको अनुमतीनै नलिई १५ महिने कृषि, इन्ड्रष्टीयल र फरेष्ट्री बिषयमा बिद्यार्थीहरुबाट चर्को शुल्क लिइरहेको अनुगमनका क्रममा पाइएको छ ।

प्रालीले सिटिभिटीसंग लेवल १ का तालिमहरु मात्रै दिन पाउने अनुमती छ । तर अनुमती नै नलिएरै तालिम सञ्चालन गर्ने सञ्चालकलाइ कारबाही गरिने सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए ।

संचालक कार्कीलाइ स्पष्टीकरणको लागी बोलाइएको उनले जानकारी दिए । यता संचालक कार्कीले भने सिटिभिटीले लेवल २ को परिक्षा लिने आश्वासन दिएपछी ति बिषयहरु पढाउन सुरु गरिएको जवाफ दिएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानको भनाई छ ।

अनुगमनमा सुर्खेतका सहायक प्रमुख जिल्ला अधीकारी गंगाप्रसाद न्यौपाने, प्रशासकीय अधिकृत हित प्रसाद पौडेल, जिल्ला शिक्षा कार्यालय सुर्खेतका सहायक जिल्ला शिक्षा अधीकारी निलकण्ठ रेग्मी, विद्यालय निरीक्षक भोजप्रसाद लम्साल, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नेत्र बहादुर बोहोरा लगायतको उपस्थिती थियो ।