☰ open Loading... 26 July 2024|  

‘आत्मनिर्भर बन्न बाख्रा पाल्लुहोस्’
  | ६ आश्विन २०७३, बिहीबार १९:३३

बाबियाचौर गाबिसमा रहेका हिंसा प्रभावित महिलाहरूलाई बाख्रा बितरण गरिएको छ । गाबिस भरिका महिलाहरूबाट छनौट गरि ८ जनालाई बाख्रापालन र २ जनालाई खुद्रा पसलको लागि सहयोग गरिएको हो ।

goat

आवाज संस्था सुर्खेतका कार्यक्रम संयोजक कल्पना गिरीले प्रभावित महिलाहरूले पनि ब्यवसायमा लागेर आम्दानी गरेमा हिंसामा कमि आउने र महिलाको आर्थिक अवस्था बलियो हुने बताइन् ।

वडा नागरिक मंच बाबियाचौर ३ का संयोजक पदम रिमालले महिलाहरुले पाएको सहयोगले नमुनाको रुपमा व्यवसाय गरेर देखाउनु पर्नेमा जोड दिए । प्रतिब्यक्ती रु. दस हजार बराबरको सहयोग गरिएको बताइएको छ ।