☰ open Loading... 26 July 2024|  

दसैंको टीकाको साइत पौने ९ बजे
  | ८ आश्विन २०७३, शनिबार १५:५१

यस वर्षको दसैंको टिकाको उत्तम साइत पौने नौ बजे रहेको छ ।  नेपाल पञ्चाङ्ग निर्णयक समितिले यस वर्षको टिकाको साइत असोज २५ गते ८ बजेर ४५ मिनेटमा रहेको जनाएको हो ।

tika_and_jamara

समितिले आश्विन शुक्ल पक्ष प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दसैंको साइत सार्वजनिक गरेको हो । विजया दशमीको दिन विहान ८ बजेर ४५ मिनेटमा उत्तम साइत रहेको समितका अध्यक्ष प्रा।डा रामचन्द्र गौतमले जानकारी दिए ।

आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट देबीको प्रसाद ग्रहणका लागि विजया दशमीको दिनभर नै उत्तम साइत भएकोले जुनसुकै बेला टीका प्रसाद ग्रहरण गर्दा पनि शुभ हुने उनले बताए ।

विजया दशमीका दिन विहान ८ बजेर २५ मिनेटमा देवी विसर्जनका लागि शुभ साइत रहेको अध्यक्ष गौतमले जानकारी दिए ।

स्रोत ः अनलाइनखवर