☰ open Loading... 19 September 2024|  

एक साताभित्रै सुर्खेत र जाजरकोटमा प्रहरी प्रमुख आउने
  | ९ आश्विन २०७३, आईतवार ०८:०३

अवको एक साता भित्रै सुर्खेत र जाजरकोटमा प्रहरी प्रमुख आउने भएका छन् । करिव दुई महिनादेखि यी दुई जिल्लाका प्रहरी प्रमुख सरुवा भएर गएपछि निमित्तले सञ्चालन गरिरहेका छन् ।

क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले यी दुई जिल्लामा अवको एक साताभित्रै प्रहरी आई जिम्मेवारी सम्हाल्ने जनाएको छ । मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआईजी माधवप्रसाद नेपालले सुर्खेत र जाजरकोट जिल्लामा अवको एक साताभित्रै प्रमुख आउने दावी गरेको खवर सुर्खेतपत्र दैनिकले छापेको छ ।

आगामी मंगलबारसम्म नयाँ प्रमुख दुवै जिल्लामा आइसक्ने जिकिर डिआईजीको छ । करिव दुई महिनादेखि सुर्खेतको जिल्ला प्रहरी कार्यालय प्रमुखविहीन बनेको छ ।

तत्कालिन प्रहरी प्रमुख एसपी वीरेन्द्रन श्रेष्ठले सरुवा भई प्रहरी प्रधान कार्यालय गएपछि सुर्खेत प्रमुखविहीन बनेको हो । चाडपर्वको मुखमा, प्रहरी प्रमुख नहुँदा विशेष सुरक्षा व्यवस्था निर्माणलगायतका कामहरु प्रभावित भएका छन् ।

यो पनि पढ्नुस् ।

गृहमन्त्रीको टक्करले प्रहरी प्रमुख खाली