☰ open Loading... 7 September 2024|  

विद्यार्थीले गरे देउती बज्यै मन्दीरमा सरसफाई
  | ९ आश्विन २०७३, आईतवार १२:४२

प्रदेश नम्वर ६ को पर्यटकिय स्थलको रुपमा रहेको सुर्खेतको देउतीबज्यै मन्दीरमा आईतबार सरसफाइ गरिएको छ।

सैनिक महाविद्यालयका विधार्थी, पदाधिकारी, कर्मचारी र नेपाली सेनाले संयुक्त रुपमा विहान मन्दीर सरसफाई गरेका हुन् ।

देउती बज्यै मन्दीर सरसफाई गर्दै सैनिक महाविद्यालयका विद्यार्थीहरु । तस्वीर ः दिपेश दाहाल
देउती बज्यै मन्दीरमा सरसफाई गर्दै सैनिक महाविद्यालयका विद्यार्थीहरु । तस्वीर ः दिपेश दाहाल

मन्दीर आसपासमा रहेको झाडी र थुप्रिएको फोहोर हटाइएको सैनिक महाविद्यालयले जानकारी दिएको छ । विद्यालयका अनुसार पानीका बोतल, अगरबतीका खोलहरु र फोहोर पनि हटाइएको छ ।

नजिकिदै गरेको चाडपर्वलाइ मध्यनजर गर्दै मन्दीर क्षेत्रभित्र रहेको फोहोर देखिएपछी विधार्थी सहितको टोली स्वंयम सरसफाईमा जुटेका हुन् ।

यस्तो अवस्थामा सुधार ल्याउन पहल आफैंले गर्नुपर्ने भन्दै मन्दीर सरसफाईमा आफुहरु सहभागी भएको सैनिक महाविधालयका कोडिनेटर यज्ञप्रसाद आचार्यले जानकारी दिए ।

उनले सुर्खेतको गरिमा र पहिचानसँग जोडिएको पबित्र स्थल देउती बज्यै मन्दीरमा विभिन्न क्षेत्रबाट पर्यटन आउने भएकाले फोहोर ब्यवस्थापन गर्न सरसफाइ गरिएको पनि बताए ।

सरसफाइ अभियानमा सहभागी भएका सैनिक महाविद्यालयका प्रिन्सीपल थीर बहादुर थापाले सभ्यताको पहिलो सूचक सरसफाइ भएकाले समाजप्रति व्यक्तिको उत्तरदायित्वबोधका लागी सरसफाइ गर्नमा आफैबाट सुरुवात गर्नु पर्नेमा जोड दिए ।

उनले एक दिन सरसफाइ गरेर पुरै टोल नगर सरसफाइ नहुने बताउदै सबैले आ–आफ्नो ठाँउबाट सरसफाइ गर्न पनि आग्रह गरे ।

प्रिन्सीपल थापाले यस पछी वीरेन्द्ननगरको मंगलगडी चोकदेखी वीरेन्द्रचोकसम्मको बजार क्षेत्रमा पनी सरसफाइ गरिने जानकारी दिए ।

सरसफाइ अभियानमा ७२ जना विधार्थी, पदाधिकारी, कर्मचारी, नेपाली सेना लगायतको सहभागीता थियो।