☰ open Loading... 26 July 2024|  

पूँजीवादी पत्रकारले माओवादीका समाचार लेखेनन् : सञ्चारमन्त्री कार्की
  | ९ आश्विन २०७३, आईतवार १९:०१

मिशन र भिजनमा अडिक हुन प्रेस सेन्टरलाई आग्रह

सूचना तथा सञ्चारमन्त्री राम कार्कीले कतिपय ठुला मिडिया गृहका पत्रकारले माओवादीले गरेको राम्रा कामको समाचार नलेखेकोमा दुःखेसो पोखेका छन् । प्रेस सेन्टर नेपाल ६ नम्वर प्रदेशको अधिवेशन उद्घाटन गर्न सुर्खेत आएका सञ्चारमन्त्री कार्कीले पूँजीवादी संस्कार हावी भएका पत्रकारले माओवादीले गरेको प्रगतीका समाचारहरु नलेख्ने गरेको आरोप लगाएका छन् ।

karki

नेपाल टेलिकमको महाप्रवन्धकमा सरकारले केही दिन अघि मात्र नियुक्ति गर्दा ठुला सञ्चार गृहले समाचार नबनाएकोमा उनले दुखेसो पोखेका थिए ।

भिडियो हेर्नुहोस् ।

‘हामीले हमन र दवावमा नपरेर एक जना महिलालाई टेलिकमको एमडीमा नियुक्ती ग¥यौं, राम्रा काम गर्या हुनाले ठुला मिडिया हाउसले समाचार नै लेखेन् ।’ सञ्चारमन्त्री कार्कीले भने,–‘यसबारेमा हाम्रालाई थाहा भएन् मुलधारका पत्रिकाले सकारात्मक भन्दा नकारात्मक समाचार बनाउनमा सधै अग्रसर छन् ।’

‘मैले कतै गज्याङ गुजुङ काम गरेको भए, माओवादी मन्त्रीको ठुलो चल भनेर ठुलै समाचार बनेर आउथ्यो’ सञ्चारमन्त्री कार्कीले थपे,–‘ यस्ते हुनुको मुल कारण आफ्ना पत्रकारको पहुँच नहुनु र टेलिकमको एमडीको महत्व नबुझेकाले ओझेलमा पर्यो ।’

सञ्चारमन्त्री कार्कीले पूँजीवादी पत्रकार सधै के बुझ्छन भने घटनालाई उत्तेजक बनाउने र परिवेश लुकाउने काममा अग्रसर भएको आरोप समेत लगाए ।

तर कार्कीले पछिल्लो समय नेपालका मिडियाहरुको अवस्था ओरालो लागेको उल्लेख गरे । केही राजनीति नेता विग्रेका छन्, तर सवै नविग्रेको उल्लेख गर्दै उनले सकरात्मक सोचमा पत्रकारले खवरदारी गर्नु पर्ने औंल्याए ।

‘केही व्यक्तिहरु केही राजनीति गर्ने नेताहरुको छवि विग्रान तल्लिन छन् ।’ सञ्चारमन्त्री कार्कीले थपे,–‘सवै नेता खराव नभएकाले राम्रो र नराम्रो छुट्याउने भूमिका प्रेस सेन्टरले खेल्नमा अग्रसर हुनु पर्छ ।’

श्रमजीवि पत्रकार ऐन सरकारी मिडियामा लागु भैसकेकाले अन्य मिडियाहरुमा तत्काल कार्यान्वयन गर्ने प्रतिवद्धता सञ्चारमन्त्रीको छ । उनले समानुपातिका विज्ञापन पनि आफ्नै कार्यकालमा लागु गरेरै छाड्ने उद्घोष गरे ।

उद्घाटन सत्रमा प्रेस चौतारी सुर्खेतका अधयक्ष सूर्यप्रकाश कंडेल, रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्की लगायतले मन्तव्य राखेका थिए ।

यो पनि पढ्नुस् ।

प्रेस सेन्टर प्रदेश ६ को अध्यक्षमा दुई जनाको दावी