☰ open Loading... 17 May 2024|  

फगाममा स्वास्थ्य तालिम
  | १० आश्विन २०७३, सोमबार १७:५३

स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति फगाम रोल्पाको पुनरताजकिय तथा सेवा बजारीकरण सम्बन्धि तालिम शुरु भएको छ । फगाम स्वास्थ्य चौकीमा सोमबारबाट सो तालिम शुरु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको सहभागिता र स्वास्थ्य पर्बद्धनका लागि सामुदायिक शशक्तिकरण सीइएचपी नेपालगञ्जको सहयोगमा दुई दिने तालिम शुरु भएको हो ।

स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष गन्ज बहादुर थापाको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पा अन्र्तगत सामुदायिक स्वास्थ्य, खानेपानी तथा सरसफाइ स्वच्छता कार्यक्रमका जिल्ला संयोजक बुद्धिराम गोसाँइले सहजिकरण गरेका थिए ।

तालिममा स्वास्थ्य संस्था संचालन, संरचना, उदेश्य, बैठकको अनिवार्यता, स्वास्थ्य संस्थाबाट दिइने सेवाहरु र अन्य गतिबिधिहरुमा पुनरताजकिय गर्ने गाविस संयोजक हेमराज महराले जानकारी दिए ।