☰ open Loading... 2 May 2024|  

स्मार्ट जीवनका लागि सडक नाटक
  | १० आश्विन २०७३, सोमबार १७:५९

समाजमा रहेका कुरिती, कु–संस्कारका बिरुद्धमा बालबालिकाहरु फरक ढंगबाट प्रस्तुत हुन थालेका छन् । समाजमा सानै उमेरमा बाल बिवाह हुने गरेको र छिटो बच्चा जन्माउने भएकोले परिवार स्मार्ट नहुने हुँदा यसबारे सचेतना दिन थालेका हुन् ।

natak
प्रवाशी कामदार, नव दम्पती र हजार दिनका आमाहरुलाई लक्षित गरि परिवार नियोजनका अस्थायी र स्थायी साधनको बारेमा परिवार नियोजन स्मार्ट बन्छ जीवन बिषयमा नाटक प्रदर्शन गरिएको छ ।

बिद्याज्योती माद्यामिक बिद्यालय बाबियाचौरका बिद्यार्थीहरुले घर परिवारमा पनि जानकारी दिने गरेका छन् । एचसी थ्रीको सहयोगमा भएको नाटकमा विनिता अधिकारी, ज्ञानेन्द सिंह, ललिता विक, कमल न्यौपाने, ईश्वरी अधिकारी, योगेन्द आचार्य, नरेश वि सि, प्रेम रावल, महेन्द शाहीले अभिनय गरेका थिए ।

बाबियाचौरको पिपलचौतारामा भएको कार्यक्रममा एच सि थ्री का फिल्ड सुपरभाइजर शान्ती थापा मगरले सबैले परिवार नियोजन, जन्मान्तरको बारेमा सबैले जानकारी लिएर ब्यबहारमा उतार्न सके स्मार्ट परिवार बन्नेमा बताईन् ।

समुदायमा परिवार नियोजन सम्बन्धि जानकारी दिएर बालबालिकाहरुले गरेको काम प्रशंसनीय भएको स्थानीय अभिभावकले बताएका छन् । कार्यक्रममा समाजसेवी, राजनीतिक दल, संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।