☰ open Loading... 1 May 2024|  

मदिना अध्ययन मस्जिदको अध्यक्षमा मोहम्मद हजरत
  | १२ आश्विन २०७३, बुधबार १८:५६

नेपाली सुन्नी मस्जिद गुल्सने मदिना अध्ययन केन्द्रको नयाँ मस्जिद व्यवस्थापन समिति सर्बसम्मत चयन गरेको छ ।
वीरेन्द्रनगर–१६, बेलघारी पीपीरा, सुर्खेतमा रहेको अध्ययन केन्द्र मस्जिदको नयाँ समितिको अध्यक्षमा मोहम्मद हजरत बक्स चयन भएका छन् ।

निवर्तमान समितिले बिचैमा राजीनामा दिएपछि, जेष्ठ नागरिक रन्जाम बक्सको अध्यक्षतामा बसेको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो ।

majsid

उपाध्यक्षमा नबि बक्स, सचिवमा सज्जत खान, कोषाध्यक्षमा जमाल बक्स, सहसचिव हुरमान हुसेन चयन भएका छन् । यस्तै सदस्यहरुमा अकबर खान, फजिर बक्स, मैमुद दिन, जुम्मा बक्स चयन भएको निर्वाचन मण्डलका संयोजक नसिर अहमद जानकारी दिए ।

भेलामा सहमति नभएपछि निर्वाचन प्रणाली अनुसार अगाडी बढ्ने निर्णय गरिएको थियो । तर पुनः बुधबार मण्डल सहमित भएपछि नयाँ कार्यसमिति सर्वसम्मत गठन गरिएको हो ।

नयाँ ब्यबस्थापन समितिले मस्जिदको दैनिकी ब्यबस्थापन संगै मुस्लिमहरुको हक अधिकार तथा वकालत गर्ने, मुस्लिम समुदायमा भएका विकृतीलाई निरुत्साहित गर्ने, लागुऔषध, जुवातास नियन्त्रण गर्ने, तलाक, बहुबिवाह, बालविवाह रोक्ने, शिक्षाबाट बञ्चित भएका बालबालिकालाई शिक्षाको मुलधारमा ल्याउने लगायत समाज सुधारका काम गरिने नवनिर्वाचित अध्यक्ष मोहम्मद हजरत बक्सले जानकारी दिए ।

नयाँ कार्यसमितिले शुक्रबार पद तथा गोपनियताका सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।