☰ open Loading... 18 April 2024|  

६ सय करोडका पाँच वटा सानाठुला आयोजना सञ्चालन आउने (भिडियोसहित)
  | १२ आश्विन २०७३, बुधबार १८:३८

सुर्खेत लगानी वर्ष २०७३  शुरु

सुर्खेत लगानी वर्ष २०७३ बुधवारबाट शुरु भएको छ । लगानी वर्ष २०७३ को अधार दिगो आर्थिक समृद्धिको पूर्वाधार भन्ने मुल नाराका साथ शुरु भएको हो ।

सुर्खेत उद्योग बाणिज्य संघको प्रस्तावमा सार्वजनिक नीजि सहकारी परामर्श मञ्चले सुर्खेतमा लगानी सम्वन्धि गतिविधिहरु सञ्चालन गर्नेछ ।

lagani-year-2073

मुलत लगागी वर्षमा कम्तिमा ६ सय करोडका पाँच वटा साना ठुला परियोजनाहरु सञ्चालन हुनेछन् । यसमा मुख्यगरी ग्याँसप्लान्ट, जडिवुटी प्रशोधन केन्द्र स्थापना, शितभण्डार स्थापना, मासु प्रशोधन केन्द्र, चौकुने सिमेन्ट र प्याराग्लाईडि सञ्चालन गरिनेछ ।

जिल्लामा लगानीका गतिविधिलाई थप आक्रामक बनाउने र बढीभन्दा बढी रोजगारीका अवसरहरु सिर्जना गर्ने उदेश्यले लगानी वर्ष २०७३ सञ्चालन गरिएको सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए ।

उनले नयाँ लगानीका क्षेत्रहरुको पहिचान गर्दै लगानी भित्राउने र सञ्चालित लगानीका बाधा अवरोधहरुलाई सहज रुपमा सञ्चालन गर्न पैरवी गर्ने खालका कार्यक्रम सञ्चालन हुने बताए ।

भिडियो हेर्नुहोस् । 

मुख्यगरी लगानी वर्ष २०७३ मा सुर्खेत लगानी कोषको सुरुवात गरिने छ । अध्यक्ष अधिकारीका अनुसार स्थानीयस्तरमा सार्वजनिक, निजी र सहकारीविचको त्रिपक्षिय सहकार्यको अवधारणा विकास गरेर नमुना परियोजना अघि बढाउने प्रतिवद्धता अध्यक्ष अधिकारीको भनाई छ ।

लगानी वर्षको अन्त्यसम्म कम्तिमा पनि ३ हजारले प्रत्यक्ष रोजगारी पाउनेछन् भने एक लाख बढी पर्यटक भित्रने अपेक्षा गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

लगानी वर्षमा उद्योग व्यवसाय, पर्यटन र खानीको विकासमा टेवा पुग्ने पनि अधिकारी बताउँछन् ।

उद्घाटन कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले लगानी भित्राउने क्रममा थुप्रै प्रयास भएको ति सफल पनि भएको बताए ।

सुर्खेतमा पूर्वाधारहरु थुप्रै भएकाले यसको सम्भावना रहेको ढकालले बताए । उनले लगानी वर्षलाई सफल बनाउन सवै पक्षको सहकार्य आवश्यक भएकाले एक भएर लाग्न आग्रह गरे ।

सुर्खेतमा बाह्य लगानी भित्राउ वातावरण तयार गर्नु पर्ने भन्दै उनले महासंघले के सहयोग गर्नुपर्छ हामी तयार रहेको प्रतिवद्धता जनाए ।