☰ open Loading... 23 December 2024|  

१ सय २३ कुख्यात जुवाडे प्रहरीको निगरानीमा (भिडियोसहित)
  | १३ आश्विन २०७३, बिहीबार ११:४८

चाड पर्व लक्षित १० सुरक्षा रणनीति लागु गर्न एसएसपीले दिए निर्देशन

नेपालीका मुख्य तीन ठुला चाड दशैँ, तिहार र छठ पर्व लक्षित विशेष सुरक्षा रणनीति लागु गर्न एसएसपीले मातहतका प्रहरी युनिटलाई निर्देशन दिएका छन् ।

अञ्चल प्रहरी कार्यालय भेरीको मातहतमा रहेका सुर्खेत, दैलेख, जाजरकोट, बाँके र बर्दियाको स्थलगत निरिक्षण तथा अनुगमन गर्न सुर्खेत आईपुगेका एसएसपी धिरु बस्न्यातले यस्तो निर्देशन दिएका हुन् ।

विशेषगरी दशैँ, तिहार र छठ पर्वमा अपराधिक गतिविधि बढ्न सक्ने भन्दै एसएसपी बस्न्यातले सम्वन्धित जिल्ला प्रहरी कार्यालयहरुलाई निर्देशन दिन जिल्ला दौडाहमा निस्कीएका छन् ।

ssp-basnyat

जाजरकोट र दैलेख प्रहरी कार्यालयको निरिक्षणपछि सुर्खेत आईपुगेका एसएसपी बस्न्यातले शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि रोक्ने प्रतिवद्धता जनाएका छन् ।

पत्रकार भेटघाटको क्रममा एसएसपी बस्न्यातले सुर्खेत, बाँके र बर्दियाका १ सय २३ कुख्यात जुवाडेको पुरै वायोडाटा प्रहरीसंग रहेको बताए । विगतका वर्ष १ सय २३ जना जुवाडेबाट २८ लाख रुपैयाँ जफत प्रहरीले गरेको उनले जानकारी दिए ।

के भने एसएसपीले भिडियो हेर्नुहोस् ।

फेरी तीन ठुला चाड नजिकिदै गर्दा तीन जिल्लाका १४ स्थानमा जुवा खेलाउने र १ सय २३ जना जुवाडेप्रति निगरानी समेत बढाएको एसएसपीले बताए । उनले जुवा खेल्ने र खेलाउने कार्यमा महिलाहरुको पनि समूह रहेको खुलाए ।

राजमार्ग सुरक्षा, सरकारी कार्यालय तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, जुवातास, चोरी डकैती, अवैध मदिरा, सीमामा हुने लुटपाट नियन्त्रणमा प्रहरी परिचालन भएको जानकारी दिए ।