☰ open Loading... 18 April 2024|  

प्रेस सेन्टरको सचिवमा भण्डारीको उम्मेदवारी
  | १३ आश्विन २०७३, बिहीबार ११:३७

नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको प्रथम अधिवेशनमा जुम्लाका पत्रकार नरेश भण्डारीले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

असोज १३ र १४ गते राजधानीमा सम्पन्न हुन लागेको अधिवेशनमा उनले सचिव पदमा दाबी गरेका हुन् । भण्डारी काठमाडौंबाट प्रकाशित प्रतिवद्धता म्यागजिनका प्रकाशक तथा सम्पादक हुन् ।

bhandari
पत्रकारिताको नेतृत्वबाट कर्णालीको उत्पीडन अन्त्य गर्न आफूले उम्मेदवारी दिन लागेको उनले बताए । ‘मुलुकका हरेक परिवर्तनमा कर्णालीबासीको अमूल्य योगदान रहेपनि कर्णालीको विकास र प्रतिनिधित्वका सवालमा अझैं यो क्षेत्र उत्पीडनमा छ’ उनले भने, नेतृत्वदायी भूमिकामा नहुञ्जेल पत्रकारिताका माध्यमबाट यो क्षेत्र अझ ओझेलमा पर्ने सम्भावना देखेको छु ।’

कर्णाली र पत्रकारिताको विषयवस्तुलाई आधार बनाएर उनले लेखेको पुस्तक ‘बेच्न राखेको मान्छे’ समकालिन साहित्य बजारमा चर्चित छ ।