☰ open Loading... 23 February 2025|  

 विष्टका दुई गीत सर्वोत्कृष्ट नौं विधामा
  | १६ भाद्र २०७३, बिहीबार ०९:५७

सुर्खेती चर्चित कलाकार हरि विष्टका दुई गीत सर्वोत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । तेस्रो तीज म्यूजिक अवार्डको सर्वोत्कृष्ट पाँचमा विष्टका माईतीको देश र पानी सलल बोलका गीत पर्न सफल भएका हुन ।

विष्टका यो वर्षका चर्चित दुई गीत उत्कृष्ट मीक्सीङमा कुमार रानाले गरेको पानी सलल र सञ्जय श्रीपालको माइतिको देश छ । यस्तै उत्कृष्ट सम्पादकमा नवीन घर्तिमगर माइतिको देश, राजेश घिमिरे माइतिको देश, उत्कृष्ट मोडलमा रश्मि तामाङ र दिपाशा विसी (माइतिको देश), नव गायिकामा पार्वती ठाडा मगर (पानी सलल), संयुक्त गायनमा देवी घर्ति र टीका पुन (माइतिको देश), शब्दमा हरि विष्ट (माइतिको देश) र लयमा हरि विष्टको पानी सलल परेको छ ।

 
छायाँछवि क्रियशनको आयोजनामा हुँदै आएको तीज म्यूजिक अवार्ड २०७३ को लागि सहभागी भएका तीज गीतहरुबाट विभिन्न १९ विधामा परेका गीत एवं स्रष्टाहरुको मनोनयन सार्वजनिक यस अघि नै गरिएको थियो ।
अवार्डमा उत्कृष्ट तीज गीत मीक्सीङ, उत्कृष्ट तीज गीत एरेञ्जर, उत्कृष्ट तीज गीत सम्पादक, उत्कृष्ट तीज गीत छायाँकार, उत्कृष्ट तीज गीत मोडल (पुरुष), उत्कृष्ट तीज गीत मोडल (महिला), उत्कृष्ट तीज गीत नृत्य निर्देशक, उत्कृष्ट तीज गीत भिडियो निर्देशन, उत्कृष्ट तीज गीत नव गायिका लगायतका १९ विधामा परेका स्रष्टा सर्जकको मनोनयन सार्वजनिक गरिएको हो ।

सर्वोत्कृष्ट तीज सन्देशमूलक गीत, पब्लिक च्वाइस अवार्ड, इनकरेजमेन्ट अवार्ड, जुरी अवार्ड लगायतका विभिन्न विधामा पनि आज काठमाडौमा हुने तेश्रो तीज म्यूजिक अवार्डमा पुरस्कृत गर्न लागेको छ ।