☰ open Loading... 22 October 2024|  

आँसुमा नअटाएको पीडा
  | १६ भाद्र २०७३, बिहीबार १६:२८

महिलाहरु सृष्टि र सृजनाका मुहान हुन । प्राकृतिक तथा शारीरिक रूपमै महिलाहरु संवेदनशील र कोमल हृदयका हुन्छन् । गर्भधारण गर्नु, बच्चा जन्माउनु, हुर्काउनु,बढाउनु लालनपालन गर्नु महिलाको जिम्मेवारी भित्र पर्दछ भने घर भित्रको चुलोचौको देखि लिएर घर बाहीरको घा“स, दाउरा र खेतबारीको काम समेत गर्नु नेपाली समाजमा महिलाहरुको पारिवारिक कर्तव्य ठहर्दछ ।

आज विश्व एक्काईसौं सताप्दीमा आईपुग्दा जताततै महिला अधिकारको कुरा उठिरहेको परिवेशमा पनि महिलालाई दोस्रो दर्जाकोरुपमा हेरिनु कतिको सान्दर्भिक हो । हाम्रो सामाजिक परम्परा मा महिलाहरू पुरूष तथा परिवारको सेवकको रूपमा अहिले पनि जिवन बेतित गरीरहनु बिडम्पनाको कुरा हो ।

पाठेघर खस्ने समस्यले तुरुन्तै मर्दैनन तर सजिलै संग बाच्न पनि दिदैन ! तथापी यो समस्या महिलाहरुको प्रमुख समस्याको रुपमा रहेको छ । केही संस्थाले गरेको अध्ययन अनुसार नेपालमा १० जना मध्ये १ जना महिलाको पाठेघर खसेको छ ।

हुन त महिला होस् वा पुरूष सबै महिलाकै गर्भमा विजारोपण भई नौ महिना सम्म पाठेघरमा बसी पुर्णअवस्थामा अनुकुल समयमा बाहिरी निस्की यो सुन्दर संसारमा जन्मलिन्छन । महिलाले यो सुन्दर समाज र विश्वासलाई हरेक दिन नया“–नया“ सन्ततिहरुको जन्म दिएर करुणा,श्रोत र प्रेरणाकी खानि भैरहन्छन् !

सृष्टिका सृजक महिलाहरू हाम्रो सामाजमा हरेको बिद्धमान रुढिबादी परम्परा अज्ञानता, अन्धविश्वास, अशिक्षा, गरिवी जस्ता रणले लैङ्गिक विभेद तथा घरेलु हिंसा जस्ता मानव अधिकार विपरित कार्यबाट पिडित हु“दै आएका छन् । जस्को परिणाम महिलाहरू पाठेघर खस्ने समस्या बाट पिडित भई नर्कमय जिवन बिताईरहेका छन् ।

Durga
दुर्गा वि.क.

पठेघर खसेपछि महिलाहरुले भोग्नु पर्ने पिडा जस्तै : ढाँड दुख्ने,तल्लो पेट दुख्ने,सेतो गनाउने पानी बग्ने,जिउ गह्रो हुने,झुन्डी रहने,दिसपिसाब गर्न गाह्रो हुने, पेटभरी खाना खान नस्नु,शारिरीक रुपमा कम्जोर हूनु लगाएतका आर्थिक, शारिरीक तथा मनसिक समस्या भोग्दै जिवन जिउन बाध्य भएका छन ।

पाठेघर खस्ने समस्यले तुरुन्तै मर्दैनन तर सजिलै संग बाच्न पनि दिदैन ! तथापी यो समस्या महिलाहरुको प्रमुख समस्याको रुपमा रहेको छ । केही संस्थाले गरेको अध्ययन अनुसार नेपालमा १० जना मध्ये १ जना महिलाको पाठेघर खसेको छ ।

यो समस्याको सुनुवार्ई भई गम्भिरताकासाथ कार्यन्यन हाल सम्म भएको अवस्था छैन । बिडम्पनाको कुरा अझै भन्नेहो भने ग्रामिण स्तरमा बसोवास गर्ने महिलाहरुले त यसको उपचार हुन्छ भन्ने कुराहरु सम्मा थाहापाएको स्थिति छैन ।

हरितालिका तिजलाई सर्व प्रर्थम त शुभकामना दिन चाहान्छु सम्पुर्ण महिलाहरुको शुस्वास्थ्य तथा दिर्घायुको लागि ! हाम्रो परम्परा अनुसार मनाउने गरेको गरेको तिजलाई निहालेर हेर्न जरुरी ठाने किन कि संस्कार अनुसार मनाउने तिजमा विषेश गरी महिलाहरु श्रीमानको दिर्घायुको लागि दिनभर पानी समेत नखाएर ब्रत बस्ने गर्छन ।

पाठेघर खस्ने समस्या एउटैमात्र कारण ले भएको हो भन्न सकिन्न यसका विभिन्न कारणहरु छन । त्यस मध्यको प्रमुख कारण भनेको लैङ्गिक विभेद हो भन्न सकिन्छ किन भने लैङ्गिक विभेदकै कारण गरीने व्यवहारले अन्य थुप्रै कारणहरु जोडीएका छन् ।

राज्यको कानुन भन्दा सामाजिक कानुनले बलीयो जरोगारेर बसेको अवस्था सर्वबिधितै छ । जस्तै : सम्पति माथि महिलाको अधिकार नहुनु, सामान्य उपचार गर्न पनि परिवारले वास्था नगर्नु, स्वास्थ्य सेवामा पहुँच नहुनु, छोरीलाई पढ्न नपठाउनु , पुरुषको शासनमा चल्नु पर्ने, छोरा छोरी विच भेदभाव गर्नु, सानै उमेरमा विवाह गरीदिने, शारिरीक र मानसिक यातना दिनु, महिलाको शरिरमाथि आफ्नो अधिकार र नियन्त्रन नहुनु, सुत्केरी अवस्थामा आराम र पोषिलो खाना को कमी, कम जन्मान्तरमा वच्चा नन्माउनु, छोराको आशामा धेरै सन्तान जन्माउनु, धार्मिक परम्परा मुल्य र मान्यताहरु तथा स्वास्थ्य सन्वन्धि जानकारी एवम उपचारमा पहुँच र निर्णय गर्न नपाउनु लगायतका थुप्रै कारणहरु रहेका छन् ।

यहाँ निर मलाई जोड्न मन लाग्यो हाम्रो परम्पराअनुसार नेपाली महिलाहरुको महान चार्ड हरितालिका तिजलाई सर्व प्रर्थम त शुभकामना दिन चाहान्छु सम्पुर्ण महिलाहरुको शुस्वास्थ्य तथा दिर्घायुको लागि ! हाम्रो परम्परा अनुसार मनाउने गरेको गरेको तिजलाई निहालेर हेर्न जरुरी ठाने किन कि संस्कार अनुसार मनाउने तिजमा विषेश गरी महिलाहरु श्रीमानको दिर्घायुको लागि दिनभर पानी समेत नखाएर ब्रत बस्ने गर्छन ।

श्रीमतिले गरेको दिर्घायुको कामना त डेट सकिएको औषधि खुवाए जस्तै हो । अव सोचौ कि महिलाको शुस्वास्थ्यको दिर्घायु कसरी हुन्छ ? मलाई लाग्छ म भोको बसेर,मेरो स्वास्थ्य विगारेर अर्काेको स्वास्थ्य राम्रो र दिर्घायु हुन्छ जस्तो लाग्दैन त्यसको लागि कर्तब्य पुरा गर्नु पर्छ ।

दिनभर निन्द्रा,भोक,प्यासको सामना गरेर बसेका हून्छन बेलुकी रातको १२ वजे पुजापठ गरी श्रीमानको पाउ छोएर ब्रत तोड्ने र खाना खाने भनि जागराम बसेकाहुन्छन तर विडम्वना आदरण्यि श्रीमानको बजारमाको काम, साथी संग पाटी,बैठक के के हो के के घर पुग्दा त पेटमा प्रशाद समेत अट्दैन !

अनि श्रीमतिले गरेको दिर्घायुको कामना त डेट सकिएको औषधि खुवाए जस्तै हो । अव सोचौ कि महिलाको शुस्वास्थ्यको दिर्घायु कसरी हुन्छ ? मलाई लाग्छ म भोको बसेर,मेरो स्वास्थ्य विगारेर अर्काेको स्वास्थ्य राम्रो र दिर्घायु हुन्छ जस्तो लाग्दैन त्यसको लागि कर्तब्य पुरा गर्नु पर्छ ।

यस्ता संस्कारको नाममा विभेद, दमन, शोषण र अन्ययापुर्ण ब्यावहारले गर्दा महिलाहरुको स्वास्थ्य स्थिति कम्जोर हुने र विभिन्न खालका समस्याहरुको सामना गरी जिवन गुजरा गर्नु पर्ने बाध्यता छ ।

तर नेपाली समाजले पाठेघर खस्ने समस्या महिला भएकै कारण सबैमा हुने समस्या हो । यो हुनुमा महिलाको नै दोष हो भन्ने मान्यताको रुपमा लिइएको पाइन्छ । मनिसको पहिलो घर भनेकै आमाको पाठेघर हो ?

महिला स्वयंलाई शारिरीक मानसिक र सामाजिक असर बाट प्रत्यक्ष रुपमा पिडित त छ“दै नै छन तर पनि यसले व्यक्ति समाज र राष्ट्र लाई असर पर्छ भन्ने सन्देश ग्रामिणस्तर देखि केन्द्र स्तरमा यो समस्यालाई सवलको रुपमा लिई निति र्निमाण तथा कार्यन्वयन मा रहेको अवस्था छैन ।

जुन घर मा बसेर जन्म लियो त्यसै घरको प्रति किन यति ठुलो घृणा ? मानिस जन्मे पछि बस्ने घर त दोस्रो घर हो जो र्निजिव वस्तुले बनेको हुन्छ त्यो घर विग्रयो भत्कीयो भने कति खर्च गरिन्छ, कति स्याहार गरिन्छ कुनै भागमा फुट्यो भने मन दख्छ तर जन्म घर अर्थात पहिलो घर जुन घरलाई फर्केर हेर्दैनौ बिग्रिदा हामिलाई घृणा लाग्छ ।

यो समस्याले गर्दा महिला स्वयंलाई शारिरीक मानसिक र सामाजिक असर बाट प्रत्यक्ष रुपमा पिडित त छ“दै नै छन तर पनि यसले व्यक्ति समाज र राष्ट्र लाई असर पर्छ भन्ने सन्देश ग्रामिणस्तर देखि केन्द्र स्तरमा यो समस्यालाई सवलको रुपमा लिई निति र्निमाण तथा कार्यन्वयन मा रहेको अवस्था छैन । त्यसैले नेपालका अधिकांश महिलाहरुले यो समस्या लुकाएर बस्नुकासाथै अकालमा मृत्यु हुने गरेको पाईन्छ ।

गरिवी अशिक्षा अन्धविश्वासकै कारण सामाजिक, सांस्कृतिक र धार्मिक मूल्य मान्यताको जन्जीरमा जगडिएको हाम्रो समाजमा महिलाहरूको प्रजनन् स्वास्थ्य र अधिकारको प्राप्ति र उपभोगकोे कुरासम्म गर्नु पनि सामाजिक मूल्यमान्ता विपरित ठान्ने हाम्रो समाजमा महिलाहरूको स्वास्थ्य अवस्था त्यसमा पनि प्रजनन् स्वास्थ्य र अधिकारको अवस्था ज्यादै जर्जर र दयनीय छ ।

तसर्थ स्वास्थ्य, शिक्षा, सूचना, सञ्चार र सामाजिक न्याय तथा मानवअधिकारको सवाल उठिरहेको बेला सुविधा र सभ्यतायुक्त वर्तमान परिवेशमा महिला प्रजनन् स्वास्थ्य र अधिकारका विषयमा जनसमुदाय स्तरबाटै चेतना जगाँउन अर्थात कानुनको प्रभावकारी कार्यन्वयन गर्न आवश्यक ठानीन्छ ।

सुझाव सल्लाहका लागि
ईमेल : durga.bk1@gmail.com