☰ open Loading... 21 May 2024|  

एसएमजी अत्याधुनिक हतियारसहित ५ पक्राउ
  | १६ भाद्र २०७३, बिहीबार १४:४५

जुम्लामा अत्याधुनिक हतियार सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराति जुम्लाको बुम्रमाडी चौरबाट एकथान चाइनिज पेस्तोल र त्यसको गोली ३ राउण्ड, एकथान आधुनिक एसएमजि र ७ राउण्ड गोलि सहित ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नयव उपरिक्षक विष्णुहरी कोइरालाले बताए ।

जुम्लामा लुटपाटका घटना दिन प्रतिदिन बढ्न थालेपछि एक महिनादेखि प्रहरीले गाउँ गाउँमा गस्ती बढाएको थियो । ‘हतियार सहित पक्राउ गरेका छौं । अनुसन्धान भैरहेको छ । गाउँ गाउँमा गस्ती बढाएका छौं,’ उनले भने, ‘थप हतियार हुन सक्ने अनुमान गरिएको छ । पछिल्लो समय जुम्लामा चोरी र लुटपाटका घटना बढेका छन् ।