☰ open Loading... 21 January 2025|  

विष्टले पाए दुई गीतबाट चार अवार्ड
  | १७ भाद्र २०७३, शुक्रबार १४:४२

पहिलो गीतबाटै सर्वोत्कृष्ट गायिका बनिन पार्वती

गीतकार तथा संगीतकार हरि विष्टले लगातार तेस्रो वर्ष सर्वोत्कृष्ट लयको अवार्ड हात पारेका छन् । छायाँछवी क्रिएसनले आयोजना गरेको तेस्रो तीज म्यूनिक अवार्डमा विष्टले सर्वोत्कृष्ट लयको अवार्ड प्राप्त गरेका हुन् । यस वर्ष विष्टले बजारमा ल्याएको माइतीको देश बोलको गीतबाट विष्टले उक्त अवार्ड हात पार्न सफल भएका हुन् ।

यस वर्ष ‘माइतीको देश…’ र ‘पानी सलल…’ बोलका दुई गीत बजारमा ल्याएका विष्टले सर्वोत्कृष्ट लयका साथै तीन वटा अवार्ड प्राप्त गरे । पानी सलल बोलको गीतबाट पार्वती ठाडामगरले नव गायिकाको अवार्ड प्राप्त गरिन् ।

teej-award-10-1024x699

यसैगरी,  हरिविष्टको लय र शब्द रहेको माइतीको देश नामक गीतबाट संयुक्त गायिकाको अवार्ड देवी घर्ती र टीका पुनले उचालेका छन् ।अवार्डमा गायिका शोभा त्रिपाठी बाध्यता हो बोलको गीतबाट उत्कृष्ट तिज गायिका भइन् भने सुनिता गुरुङ र मौसम गुरुङ चिप्लो सारी बोलको गीतबाट उत्कृष्ट तिज दोहोरी गायक गायिका बन्न सफल भएका छन् ।

अवार्डमा २०७३ मा बजारमा आएका तिज गीतहरुको लागि सहभागी भएका विभिन्न १९ विधामा गीत एवं स्रष्टाहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

त्यस्तै म भन्दा नि बोलको गीतबाट उत्कृष्ट तिज गीत एरेञ्जर सुदीप सागर, उत्कृष्ट नृत्य निर्देशक स्मृति तिमिल्सिनाले अवार्ड चुम्न सफल भए । त्यस्तै चलेछ मगमग बोलको गीतबाट उत्कृष्ट भिडियो सम्पादक विरेन्द्र भाट र सन्देशमुलक गीत गोविन्द प्रसाद उपाध्यायले अवार्ड चुम्न सफल भए ।

उत्कृष्ट तिज गीत मोडल पुरुषतर्फ विजय थापा ‘पशुपति गेटैमा’, उत्कृष्ट तिज गीत मोडल महिलातर्फ ऋता थापा ‘माइतीको आगनी’ वोलको गीतबाट अवार्ड हात पारे ।

‘खै त बाबा’ बोलको गीतबाट गायिका मन्जु पौडेलले जुरी अवार्ड हात पारिन् भने प्रकाश भट्टले उत्कृष्ट निर्देशकको अवार्ड चुम्न सफल भए । उत्कृष्ट तिज दोहोरी गीत शब्द गणेश सुवेदीले हात पारे भने किन आएनन् माइती बोलको गीतबाट उत्कृष्ट तीज गीत शब्द लिना रेग्मीले चुम्न सफल भइन् ।

त्यस्तै बम बम भोले बोलको गीतबाट नरेश खातीले उत्कृष्ट तिज दोहोरी गीत लय र गायिका रिता केसीले उत्कृष्ट तीज दोहोरीको अवार्ड चुम्न सफल भए ।

त्यसैगरी शोभा त्रिपाठी ‘बाध्यता हो’ बोलको गीतबाट उत्कृष्ट तीज गीत गायिका बन्न सफल भइन् भने सुनिता दुलालको यसपाली नि बोलको गीत उत्कृष्ट तिज गीत बन्न सफल भयो ।