☰ open Loading... 29 March 2024|  

अत्याधिक रक्तस्रावले सुत्केरीको मृत्यु
  | १७ भाद्र २०७३, शुक्रबार १४:५६

अत्याधिक रक्तस्रावका कारण जाजरकोटमा एक सुत्केरी महिलाको ज्यान गएको छ । ५ महिनामै गर्भ तुहिएपछि भएको रक्तस्राव रोक्न नसक्दा पजारु ३ की १९ वर्षिय रमिता बुढाको ज्यान गएको हो ।

महिना नपुग्दै अकस्मात गत बुधवार बेथा लाग्यो केही समयमै घरमै गर्भ तुहियो त्यसपछि रक्तस्राव धेरै हुन थालेपछि पजारुको सेराखरेमा रहेको स्वास्थ्य चौकीमा उपचारको लागी लगेको श्रीमान खुमबहादुर बुढाले बताए ।

तर त्यहाँ पनि रक्तस्राव नरोकिएपछि विहिवार नेपालगञ्ज लैजाने क्रममा साल्माको खारा नजिक बाटोमै ज्यान गएको बुढाले बताए । रक्तस्राव रोक्ने मात्र सेवा समयमा पाउन सकेको भए श्रीमतिको ज्यान जाने थिएन उनले दुःख ब्यक्त गदै भने ।

रक्तस्रावले मृत्यु भएकी पजारु ३ की १९ वर्षिय रमिता बुढा ।
रक्तस्रावले मृत्यु भएकी पजारु ३ की १९ वर्षिय रमिता बुढा ।

उपचार अभावमा जाजरकोट नायकवाडाकी एक सुत्केरीको मृत्यु भएको तीन साता नवित्दै जिल्लामा अर्की सुत्केरी महिलाको समयमा उपचार नपाउँदा ज्यान गएको हो । तर स्वास्थ्य चौकीमा प्रसुति गृह र आवश्यक उपकरण नभएका रमिताले अकालमा ज्यान गुमाउनु परेको स्थानियको भनाई छ ।

स्वास्थ्य चौकीका ईन्चार्ज विष्णु गिरीले सुत्केरीको शरिरबाट धेरै रगत वगिसकेकोले बचाउन नसकिएको बताए । स्वास्थ्यचौकीमा भएको औषधीले रक्तस्राव पनि नरोकिएपछि नेपालगञ्ज रिर्फर गरिएको ईन्चार्ज गिरीले बताए ।

शुरुमा अवस्था सामान्य नै थियो समयमै रक्तस्राव रोकेर रगत दिन सकेको भए उनको ज्यान जाने थिएन स्वास्थ्यकर्मी गिरीले भने तर के गर्ने भौगोलिक विकटताले थप समस्या भयो ।

त्यहाँबाट नेपालगञ्ज लैजान करीब ६ घण्टा पैदल र गाडीमा ६ घण्टा गरी एक दिनको समय लाग्ने गर्दछ ।स्थानिय बागेश्वरी उच्च माध्यामिक विद्यालयमा ११ कक्षामा अध्ययनरत रमिताको गत बर्ष मात्र विवाह भएको थियो ।