☰ open Loading... 20 April 2024|  

संस्थानबाटै सहुलियतको चामल विक्री शुरु
  | १५ आश्विन २०७३, शनिबार १८:१३

नेपाल खाद्य संस्थानले चाडपर्र्वलाई लक्षित गरी सहुलियत मूल्यको चामल ल्याएको छ । संस्थानले उपभोक्ताको मागलाई मध्यनजर गरेर पहिलो पटक काठमाडौंपछि सुर्खेतमा सहुलियत मूल्य चामल ल्याएको हो ।

बाढीपहिरो, खडेरी जस्ता दैविकप्रकोपबाट आक्रान्त सुर्खेती जनताको माग आएपछि सहुलियत मूल्यका चामल विक्री शुरु गरिएको संस्थानले जनाएको छ ।

chamal

दशै, तिहार तथा छठ जस्ता महान चाडपर्व लक्षित सहुलियत दरको सुपथ मूल्य पसलबाट आम सुर्खेती उपभोक्तालाई केही राहत पुग्ने संस्थानका सुर्खेत प्रमुख भीम थापा बताउँछन् ।

उनले आम उपभोक्ताको हितलाई ध्यानमा राखी सार्वजनिक विदा बाहेक विहान ७ बजेदेखि बेलुका ६ बजेसम्म चामल विक्री वितरण भईरहेको जनाए । उनका अनुसार सहुलियत मूल्यको चामल प्रतिव्यक्ति बढीमा दुई कट्टासम्म खरिद गर्न पाईने छ ।
संस्थानले सुर्खेतमा चार प्रकारका सहुलियत मूल्य चामल ल्याएको छ । जिरा मन्सुली, अरुवा सोना मन्सुली, अरुवा मकवानपुर र बंगलादेसी उसिना रहेका छन् ।

ती सबै चामलमा प्रति क्वीन्टल पाँच प्रतिशतले छुट गरिएको छ । सुर्खेती बजारमा प्रति किलो ८० रुपैयाँमा विक्री भईरहेको जिरा मन्सुली चामल संस्थानले ५८ मा विक्री गरिरहेको छ ।

संस्थानका अनुसार अरुवा सोना मन्सुली प्रति किलो ४० रुपैयाँ ७० पैसा, अरुवा मकवानपुर ३६ रुपैयाँ ७७ पैसा र बंगलादेसी उसिना ३५ रुपैयाँ ८७ पैसामा विक्री भईरहेको छ ।

संस्थानले सहुलियत दरको चामल आगामी छठ पर्वसम्म मात्र विक्री गर्ने जनाएको छ । सुर्खेत शाखा प्रमुख थापाले सहुलियत दरको सुपथ मूल्य पसल असोज २ गते बाट शुरु गर्ने भनिएपनि केन्द्रबाटै स्वीकृति ढिलो आउँदा मंगलबारदेखि विक्री वितरण गरिएको जानकारी दिए ।

उनले सुर्खेत शाखामा हाल सहुलियत मूल्यको १५ हजार क्वीन्टल चामल मौज्दात राखिएको बताए । उनले भने, ‘उपभोक्ताको माग आएपछि थप चामल मगाउँन कुनै कठिनाई छैन् । जति चाहिन्छ, हामी चाडवार्डमा उपभोक्ताको माग पुरा गर्न तयार छौं ।’

जिल्लाका विभिन्न स्थानमा सहुलियत मूल्य घुम्ती पसल सेवा सञ्चालन गर्ने ईच्छा हुँदाहुँदै पनि हाल प्राविधिक कठिनाई रहेको उनले बताए ।

यता साल्ट टे«डिङ कर्पोरेशनले सदरमुकाम वीरेन्द्रनगरमा असोज २ गतेबाटै सहुलियत मूल्य नून चिनि विक्री वितरण शुरु गरेको छ ।

टे«डिङले शुक्रबारसम्म ६ हजार उपभोक्तालाई सहुलियत मूल्यमा ३३ लाख रुपैयाँ बराबरको नूनचिनी विक्री गरेको शाखा प्रमुख आनन्द न्यौपानेले बताए । उनले उपभोक्तालाई आगामी छठ पर्वसम्म सहुलियत मूल्यको नूनचिनी विक्री वितरण गरिने जानकारी दिए ।