☰ open Loading... 26 April 2024|  

दशैँ कि दशा  ?
  | १६ आश्विन २०७३, आईतवार १४:३७

ऋणकै छ त्रास के आउँथ्यो दशैँ ?
झुपडीको बास के आउँथ्यो दशैँ ?

acharya

हुनेखानेलाई पो आउँछ त चाडबाड,
परियो दास के आउँथ्यो दशैँ ?

 

दिनभरी नङ्ग्रा खियाउनु पर्छ ,
जुटाउन गास के आउँथ्यो दशैँ ?

 

जुवा तासको नशा चढेपछी बालाई,
हुन सक्छ बनबास के आउँथ्यो दशैँ ?

यो अभावले गर्दा कहिल्यै लागेन,
चाडबाड नि खास, के आउँथ्यो दशैँ ?

 

रेमिट्यान्स कुरी बस्याथे छिमेकी,
फर्कियो लास के आउँथ्यो दशैँ ?

 

(२०७३ को बडादशैको हार्दिक मंगलमय शुभकामना सहित)