☰ open Loading... 20 April 2024|  

बजारैभरी अखाद्य बस्तु
  | १६ आश्विन २०७३, आईतवार १५:०५

चाडपर्ब नजिकिए सँगै अछाम जिल्लामा अखाद्य बस्तु बिक्री हुने क्रम बढेको छ । जिल्ला प्रशासन कार्यालय अछामले थालेको बजार अनुगमनका क्रममा यस्तो भेटिएको हो ।

कार्यालयका अनुसार जिल्लाको जयगढ र बयलपाटामा गरिएको अनुगमनका क्रममा लाखौ मुल्य बराबरको अखाद्य बस्तु भेटिएको छ । अनुगमन टोलीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषालका अनुसार खानै नहुने पानी देखि औषधी सम्मका अन्य खाद्य बस्तुरु बिक्री भैरहेको पाइएको छ ।

बिहीबार र शुक्रबार दुइदिन सम्म निरन्तर गरिएको अनुगमनका क्रममा जिल्लाको जयगढ र साँफेबगर बजारमा करिब ३ सय बढी पसलको निरीक्षण गरिएको थियो ।

संयोजक भुषालका अनुसार आज जयगढमा गरिएको अनुगमनका क्रममा ६ वटा होटल, २ सुनचादी पसल, १५ मदिरा पसल, ५ वटा इलेक्ट्रोनिक पसल, ८ वटा भाडा पसल र २१ वटा खुद्रा पसलबाट १६ पेटी खाने तेल, १४ पोका गुटखाजन्य पदार्थ र ४ बोतल कोकाकोला बरामद गरिएको छ ।

बरामद गरिएका म्याद सकिएका तथा अबैध सामाग्रीहरु सरोकारवालाहरुको रोहबरमा नष्ट गरिने पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।