☰ open Loading... 22 December 2024|  

मंगलसैन जाने यात्रुलाई सास्ती
  | १६ आश्विन २०७३, आईतवार १५:२३

सुर्खेतदेखि अछामको मंगलसैन सम्म बस सेवा संचालन भएपनि बस मंगलसैनसम्म नपुग्दा यात्रुले समस्या भोगेका छन् । पछिल्लो समय दैलेखको साँईखोला र अछाम बेलखेत जोड्ने कर्णाली नदीमा पक्की पुल बनेपछि नियमित मंगलसैन सुर्खेत बस सेवा संचालन हुने आशा गरेका यात्रु मंगलसैनसम्म बस नपुग्दा समस्यामा परेका हुन् ।

haiway

काठमाण्डौबाट नेपालगञ्ज हुँदै सुर्खेतबाट मंगलसैन जाने भन्दै आएकी अछाम तुर्माखाँदकी अमृता बुढाले मंगलसैनसम्म नै जाने गरी सुर्खेत बस काउण्टरबाट टिक काटेपनि अछामको बिनायक पुगेपछि बस मंगलसैन नपुगेको बताईन । उनले पैसा फिर्ता गरेको र आफु वीच बाटोमै अलपत्र परेको दुखेसो पोखिन् ।

आफु मंगलसैनमै पुग्ने आशामा आएको तर वीच बाटोमै आफ्नो सानो छोरा र सामानसहित अलपत्र पर्दा समस्या भएको उनको भनाई छ । यस्तै सुर्खेतबाट मंगलसैन जान भन्दै आएका बाजुराका योगेश न्यौपानेले आफु बस मंगलसैन जाने भन्ने आशै आशले आएको तर विनायकमै रोकिदिँदा अलपत्र जस्तै परेको बताए ।

बेलखेतदेखि मंगलसैनसम्मको सडकमा मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत काम भैरहेको र बाटो राम्रो नभएको भन्दै बस जान नसकेकोले बिनायकसम्म मात्रै यात्रु ल्याएको एक बसका संचालक प्रेम बयकले बताए ।

‘६ दिन मंगलसैन बसेर आएको फोरी मंगलसैन जाँदा बाटोका कारण फसिन्छ कि भनेर बिनायकसम्म मात्रै ल्याएका हौं,” बयकले भने । बाटो मर्मत गर्नुपर्ने वा दशैको लागि मात्रै भएपनि बस सेवा संचालन गर्नुपर्ने यात्रुहरुको भनाई छ ।

बेलखेत – मंगलसैन सडक खण्ड कालोपत्रे गर्ने कार्य अनुसार निर्माण कार्य भैरहेको भन्दै पानी पर्दा बाटो बिग्रने गरेको आयोजनाले जनाएको छ ।

दशैको मुखमा समेत मंगलसैनसम्म बस सेवा सूचारु नहुँदा बिद्यार्थी, कर्मचारी, बालिबालिका लगायतले बढी समस्या भोगिरहेका छन् । बिनायकमा झारेपछि त्यसपछि मंगलसैनसम्म पुग्न जीप चढ्नुपर्ने बाध्यता रहेको र जीपले चर्को भाडा असुल्ने गरेको मंगलसैनका भक्तराज ढुंगानाले बताए ।

अरु बेला २ सय ५० देखि ३ सयमा मंगलसैन जाने गरेपनि दशैँको बेला ५ सय अग्रीम तिुर्न पर्ने बाँध्यता रहेको उनको गुनासो छ । करिब ४० किलोमिटर सडकको भाडा पाँच सयसम्म लिने गरेको यात्रुको गुनासो छ ।