☰ open Loading... 26 July 2024|  

आयआर्जनका सामग्री वितरण
  | १९ आश्विन २०७३, बुधबार १६:३९

आमा समूह, यूवा क्लब गरिव व्यक्तिहरुलाई आय आर्जन र शैक्षिक सुधारको लागि सहयोग गरिएकोछ । आमा समुह र युवा समुहका प्रतिनिधी र वालविकास केन्द्रलाई सामजिक सेवा केन्द्र (सोसेक) दैलेखले नगद रुपैयाँ, सरल थोपा ड्रम, पोली हाउस र शैक्षिक सामाग्री वितरण गरेको छ ।

dkt
महिला, युवा तथा वालअधिकार प्रवद्र्धन कार्यक्रम लागु भएको भैरी कालिकाथूम गाविसका सेवाग्राहीलाई सोसेकले ती सामाग्री वितरण गरेको हो ।

३ वटा आमा समुह र ३ वटा युवा क्लव गरि ६ वटा समूहलाई १५ हजारका दरले ९० हजार रुपैयाँ वितरण गरिएको सोसेककी सुपरभाईजर कमला भण्डारीले जानकारी दिइन् । उनका अनुसार एक जनालाई पोली हाउस दिइएको छ भने ३ जनालाई सरल थोपा सिँचाई ड्रम वितरण गरिएको छ ।

पोली हाउस ६ हजार रुपैयाँ बराबरको हो भने सरल थोपा ड्रम २ हजार ९ सय रुपैयाँ बराबरको हो । यस्तै कालिका वालविकास केन्द्रलाई कार्पेट, प्रिफर्म र शैक्षिक सामाग्री वितरण गरिएको भण्डारीले जानकारी दिइन् ।

सो सामाग्री १३ हजार ३० रुपैयाँ बराबरको हो । नगद बिउ पूजिका लागि वितरण गरिएको सोसेकले जनाएको छ । महिला, युवा तथा वालअधिकार प्रवद्र्धनका लागि यी सामाग्रीले सहयोग गर्ने अपेक्षा गरिएको छ ।

बिउ पूजिवाट महिला तथा युवाहरुको आर्थिक सशक्तीकरण हुने विस्वास गरिएको छ भने पोली हाउस तथा सरल थोपा सिँचाई ड्रमले तरकारी खेति गरी उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउने भण्डारीले बताइन् ।