☰ open Loading... 19 September 2024|  

दशैँमा थप सुरक्षाकर्मी परिचालन
  | २१ आश्विन २०७३, शुक्रबार ०८:५७

सुर्खेत प्रहरीले चाडपर्वलाई लक्षित गर्दै थप जनशक्ति परिचालन गरेको छ । अन्य समयमा सरदर दैनिक वीरेन्द्रनगरमा करिव ८० जना प्रहरी परिचालन हुने गरेका थिए ।

तर चाड पर्वलाई लक्षित गरे थप ८० जना प्रहरी गरेर १६० जना प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले जानकारी दिए ।

nepal-police

एसपी आचार्यका अनुसार यो संख्या मोवाईल गस्ती बाहेकको प्रहरी टोली हो । वीरेन्द्रनगरको बजार क्षेत्र, गणेश चौक, यरीचौक, मंगलगढी चौक, चिसापानी, बाँगेशीमल, लाटीकोइली, बुलबुले, एयरपोर्ट, खजुरा, इत्राम, धुलियाविट लगायतका क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

यी क्षेत्रमा २४ सैं घण्टा प्रहरीले सुरक्षा दिने एसपी आचार्यको भनाई छ । चाडपर्वमा मुख्यगरी जुवातास, गुण्डागर्दी, चोरी डकैती लगायतका घटना हुन नदिन सादा पोशाकका प्रहरीहरु पनि उत्तिकै संख्यामा खटाएको पनि उनले बताए ।

वीरेन्द्रनगर मात्र नभएर जिल्ला भरको सुरक्षा व्यवस्था कडा पार्न मातहतका निकायले निर्देशन दिएको आचार्यले जानकारी दिए ।

चाडपर्वमा लुटपाटका घटना रोक्न यात्रुको भेषमा प्रहरीहरु समेत परिचालन भएको बताए । गाउँ, टोल वा राजमार्गमा कुनै घटना भएमा तत्काल प्रहरीलाई खवर गर्न आचार्यले स्थानीय नागरिकलाई आग्रह गरेका छन् । वर्षको एक पटक आउने दशैँ तिहार तथा छठ पर्व मनाउँदा तडक भडक नगर्न पनि उनको सुझाव छ ।