☰ open Loading... 16 September 2024|  

सुरिलो स्वरकी धनी ‘सपना’
  | २३ आश्विन २०७३, आईतवार २१:५२

शुन्य लाछ आकाश र धर्ती
तिम्ले माया घटाउँदा म प्रति ।।
रुन परेपछि
माया गर्नुको के अर्थ , तिमी एक्लै म एक्लै हुन परेपछि ।।

२०७० सालमा पहिलो पटक यही गीत रेकर्डिङ्ग गरेर सांगीतिक क्षेत्रमा प्रवेश गरेकी सपना शाही हाल एकपछि अर्को गर्दै नयाँ लोकदोहोरी गीतमा स्वर दिन भ्याई नभ्याई छ ।

दैलेखको गमौडी गाविस ७ सातखम्बमा जन्मिएकी शाही बाल्यकालमा विद्यालय र गाउँघरमा हुने सांगीतिक कार्यक्रममा सरिक हुन्थिन् । मेलापात र स्कुलमा जाँदा गीत गाउने सपना जहिले पनि स्थानीय स्तरमा हुने कार्यक्रममा प्रथम नै हुन्थिन् ।

banner

बुवा अंजिर बहादुर शाहीको प्रेरणाले सांगीत क्षेत्रमा डेब्यू गरेको सपना बताउँछिन् । ‘सानै उमेरमा बाँकेको कोहलपुर आयौं ।’ शाही भन्छिन्,–’विद्यालयमा पढ्दै खेरी सांगीतिक कार्यक्रममा भाग लिन्थे, सवैको प्रेरणाले आज यो स्थान चुम्न सफल भए ।’ २०७० साल यता शाहीले करिव एक दर्जन लोकदोहोरी र देउडा गीतमा स्वर दिइ सकेकी छन् । २०६६ सालमा शिक्षक पेशामा प्रवेश गरेकी शाहीले सांगीतिक क्षेत्रमा पनि काम गर्दा कुनै अप्ठेरो नहुने बताउँछिन् ।

मोफसलमा बसेर सांगीतिक यात्रा थाल्दा गाह्रो हुँदैन् भन्ने प्रश्नमा शाही भन्छिन्,–’आफूसंग प्रतिभा भएमा कुनै गाह्रो हुँदैन् । यसो त मेरो सानै देखिको रुचीको विषय भएकाले लय र शव्दमा सधैँ ख्याल पुर्याउँछु त्यसैले पनि जुनसुकै गीतमा सहजै स्वर दिन सक्छु ।’

पहिलो गीत रेकर्ड भएको केही समयपछि शाहीले तीन चुलीका अग्ला शिर बोलको देउडा गीत बजारमा आयो । विस्तारै एकपछि अर्को गर्दै गीत गाउने अवसर सपनाले पाएपछि चर्चाको शीखरमा गीत पुगे ।

‘आजसम्म जुन स्थानमा पुगेको छु, यसको श्रय मेरो बुवालाई नै दिन्छु ।’ सपना थप्छिन्,–’बुवाले पटक पटक मलाई प्रेरणा नदिएको भए आज यो स्थानमा पुग्थेन होला ।’

दैलेखको पश्चिम क्षेत्रमा पर्ने तोलीजैसी गाविस–७ मा रहेको धौलापडा प्राथमिक विद्यालयमा शिक्षण गर्दै आएकी छन् । ८ वर्ष शिक्षक पेशामा आवद्ध भएकी सपना विगत दुई वर्षदेखि प्राधानाध्यापकको जिम्मेवारी समाल्दै आएकी छन् ।

‘शिक्षण पेशाले गीत गाउनमा कुनै असहज भएको छैन् ।’ सपना भन्छिन्,–’स्कुल विदा भएको समयमा काठमाडौं पुगेर गीतमा स्वर दिँदै आएकी छु ।’

विगतका वर्षमा सपनाले स्वर दिएका तीज गीत झक्कास एक, झक्कास २ र भुकम्प विशेष एल्बम बेदनामा एल्वम समेत बजारमा ल्याइसकेकी छन् ।

घरपरिवारको साथ र सहयोगले मलाई सांगितीक यात्रामा लाग्न थप प्रेरणा मिलेको कथन उनको छ । जुनसुकै गीतमा पनि सहजै स्वर दिन खप्पिस सपनाले रोमान्टिक लोकदोहोरी गीति एल्बम हेराई ज्यानमारा बोलको गीतले चर्चा बटुलेको थियो ।

http://paschimnepal.com/detail/974