☰ open Loading... 23 October 2024|  

सरकारी कर्मचारीको मनोमानी
  | २९ आश्विन २०७३, शनिबार १६:४२

dkt-p12
 सदरमुकामको मुख्य चौकमा पार्क गरिएको सरकारी मोटरसाईकल । तस्विर : कविराज विसी पश्चिम नेपाल

पार्क निषेध गरिएको स्थान नै सरकारी मोटरसाईकल पार्क गरिएको भेटिएको छ ।

दैलेख सदरमुकाम दैलेख बजार साँगुरो भएकाले १ वर्षअघि देखी बजारलाई शान्त र ब्यवस्थित पार्न एक तर्फी सवारी संचालन र बजारमा पार्क निषेध क्षेत्रहरु घोषणा गरिए पनि सरकारी सवारी साधनले तोड्ने गरेको हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले त्यस्ता सरकारी मोटरसाईकललाई बारम्वार पार्क नगर्न आग्रह गरेपनि अटेर गरेको जनाएको छ ।

दैलेख सदरमुकाममा आपत्कालिन सवारी बाहेक अन्य सवारीहरु पार्क तथा एक तर्फी हिड्न रोक लगाईएको छ ।

जिल्ला अदालत अगाडी नियमित रुपमा रहेको बा १ ब ९१६९ नम्वरको सरकारी मोटरसाईकलले नो पार्किग लेखिएको ब्यानरलाई नै धज्जी उडाएको छ ।

सदरमुकाम हिड्ने सवै सवारी साधनहरुका अगाडी मजाक बनाईएको छ ।