रगतमा युरिक एसिडको मात्रा बढ्न गइ शरिरको जोर्नी अङग युरेट क्रिस्टल जम्मा भएर जोर्नी सुन्निने र दुख्ने रोग गठिया बाथ हो ।
कारण
रगतमा रहेको युरिक एसिड लाई मृगौलाले राम्ररी छान्न नसक्दा यस्को मात्रा बढ्न जाने हुदा यो रोग लाग्दछ ।
१. फास्ट फुड, जन्क फुड, डिब्बाबन्द खाना अधिक खएमा गठिया बाथ रोग हुन सक्दछ ।
२. ज्यादा क्रोधी र दिनमा सुत्ने आदत भएमा ।
३. अधिक खाना खाने र श्रम नगर्ने ब्यक्तिमा यो रोग अधिक मात्रामा देखिएको छ ।
४. बोसोयुक्त भोजन धेरै गरेमा ।
५. अजीर्ण रोगले ग्रसित भएमा ।
६. प्रोटिन युक्त खाना ९अन्डा दाल मासु० अधिक खाएमा ।
लक्षण
१. औला र जोर्निहरु दुख्नु ।
२. ज्वोरो आउनु, कब्जियत हुनु र टाउको दुख्नु ।
३. जोर्निहरु सुन्निनु ।
४. अधिक प्यास लाग्नु ।
५. हातखुट्टामा गाठागुठी देखिनु ।
घरेलु उपचार बिधी
खानपानमा नियन्त्रण गरि नियमित हिडडुल गरि प्रसस्त पानी पिउने गरेमा यो रोग लाग्ने सम्भावना कम रहन्छ ।
१. प्रतिदिन १(२ वटा हर्रो कुटेर चुर्ण बनाइ सख्खर सँग खाने ।
२. गुर्जोको रस पिएमा गठिया रोगको सुन्निने र दुख्ने कम हुन्छ ।
३. अडिरको तेल सँग गुर्जोको रस मिलाएर सेवन गरेमा रोग निको हुन्छ ।
४. तिल भुटेर दूध सँग पिसेर सुन्निएको ठाउँमा लेप लगाउदा सुन्निएको बस्ने र दुखेको कम हुन्छ ।
५. जैतुनको तेलले प्रभावित ठाउँमा मालिस गरे पनि राहात मिल्दछ ।
६. अदुवाको रस सेवन गर्दा पनि बाथ रोग कम हुन्छ ।
७. जन्तुजन्य प्रोटिन, दाल गेडागुडी नगन्य मात्रामा खाने तथा अल्कोहल सेवन नगर्ने ।
८. पारीजातको पातको उमालेर सो रस नियमित १५ दिन सम्म सेवन गर्ने ।