☰ open Loading... 23 October 2024|  

टोट्नाउलामा भव्य मेला
  | ३० आश्विन २०७३, आईतवार १२:५६

कोजाग्रत पूर्णीमाको अवसरमा सुर्खेत र दैलेख जिल्लाको सीमाना टोट्नाउलामा आज मेला लागेको छ । मेला हिजो साँझदेखि सुर्खेतको मटेला गाविस र दैलेखको लालीकाँडा गाविसको सीमाना टोट्नाउलामा शुरु भएको हो ।

प्रत्येक बर्ष बडादशैँअन्तर्गत शुक्ल चतुर्थीको साँझदेखि कोजाग्रत पूर्णिमासम्म मेला लाग्ने गर्छ । तर यसपटक तिथीमा घटबढ भएका कारण मेला दूइदिन लाग्ने भएको हो ।

mela

दुई जिल्लाको सीमानामा लाग्ने र वडादशैँको अवसरमा लाग्ने भएकोले यो मेलाको महत्व निकै हुने गरेको बुढापाकाहरु बताउँछन् । तर अहिले यसको महत्व घट्न थालेको छ ।

सत्य युगमा सुर्खेत, दैलेख र जाजरकोट तीन जिल्लाको सीमानामा पर्ने गुराँसे लेकबाट मालिकादेवी घुम्न जाने बेला थकान मेट्न बसेकोले त्यहाँ मालिकालाई पुज्ने गरिएको बुढापाकाहरुले बताएका छन् ।

तर, परम्परागत रुपमा मनाउने गरिएको टोट्नाउला मेलालाई पछिल्लो समय रमाइलो गर्ने र भेटघाट गर्ने थलोको रुपमा लिने गरिएको स्थानीय नागरिकहरुको भनाई छ ।

मेलाको प्रचार–प्रसार नहुँनु र रमाईलोका रुपमा मात्र लिइनुले महत्व घटेको उनिहरुको भनाई छ ।

निकै महत्वका साथ मनाइने यो मेला अहिले मदिरा सेवन गर्ने, रमाइलो गर्ने र भेटघाट गर्नेमा मात्रै सीमित रहन थालेको छ ।

मदिराका कारण झमेला आइपर्ने भएकाले सुरक्षा व्यवस्थालाई मजवुद बनाइएको नेपाली काँग्रेस लालीकाँडाका सभापति खेमराज वलीले बताए ।

पहिले दुई दिन पञ्चेवाजा, गर्रा नाच, लहरे नाच, सिँगारु नाचको प्रदर्शन हुने गरेपनि केही बर्षयता एकैछिन मात्रै प्रदर्शन हुने गरेको छ । खासगरी सयौं बर्ष पहिलेदेखि देविका रुपमा मान्दै आएको मालिका बज्यैको पुजा गर्ने दिनमा सबै जम्मा हुने गरेकोमा अहिले यसलाई मेलाको रुपमा लिने गरिएको हो । मेलासँगै यसवेला मेलास्थलमा रहेको देवि मालिकाको मौलो पुज्ने गरिन्छ ।