☰ open Loading... 26 December 2024|  

यी हुन् मध्य र सुदूरपश्चिमाञ्चलका ४९ स्वास्थ्य केन्द्रमा खटिएका डाक्टरहरु (नामावलीसहित)
  | ३० आश्विन २०७३, आईतवार १५:०४

सरकारले देशभरका प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर खटाएको छ । स्वास्थ्य मन्त्रालयले खटाएका डाक्टरमध्ये अझै दुई वटा केन्द्रमा भने डाक्टर पुग्नै बाँकी छ । मन्त्रालयले दशैँको विदा लगत्तै ति केन्द्रमा पनि डाक्टर पुगिसक्ने जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पदवहाली गरेकै दिन डाक्टर नपुगेका देशभरका प्राथमिक स्वास्थ्य केन्द्रमा तीन महिना भित्र डाक्टर पुर्याउन निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार मन्त्रालयले विवरण संकलन गरी रिक्त स्थानमा डाक्टर खटाएको हो ।

प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयले दरवन्दी रहेका, रिक्त स्थान, डाक्टर भएका, नभएका गरी एक साता भित्र विवरण संकलन गरेको थियो । उक्त क्रममा १६ जिल्लाका २५ वटा प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नभएको विवरण आएको थियो । सो लगत्तै मन्त्रालयले डाक्टर नपुगेका केन्द्रमा तुरुन्तै डाक्टर पठाएको हो ।

मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार देशभरका २०४ वटा प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले ३ सय २९ डाक्टर खटिएका छन । तर मध्य र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका २० जिल्लाका ४९ स्वास्थ्य केन्द्र डाक्टरहरुलाई खटाएको छ ।

मध्यपश्चिमको सुर्खेत जिल्लाको अवलचिङ प्राथमिक स्वास्थ्य केन्द्र बाहेक अरु सवै केन्द्रहरुमा डाक्टरहरु पठाएको परिपत्र सार्जजनिक गरेको छ ।
मध्य र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका ४९ स्वास्थ्य केन्द्रमा खटिएका डाक्टरहरुको नामावली हुर्नुहोस् ।

news 30 news 30