☰ open Loading... 23 December 2024|  

संशोधनको एजेण्डामा सरकार नै प्रष्ट छैन ः कंडेल
  | ३ कार्तिक २०७३, बुधबार १६:५०

सरकारले बारम्बार संविधान संशोधनको मुद्दा उठान गरेपनि आफै प्रष्ट नभएको नेकपा एमालेका पोलिट व्युरो सदस्य तथा प्रदेश नं. ६ का सह–इन्चार्ज यमलाल कंडेलले बताएका छन् । उनले खास एजेण्डा विना नै संविधान संशोधनको कुरा गरेर सरकारको आयु लम्ब्याउन खोज्नु मुर्खता भएको टिप्पणि गरे ।

kadel
प्रेस चौतारी नेपाल सल्यान शाखाद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कंडेलले कुर्सी बचाउँन संविधान निर्माण गर्नेलाई पाखा लगाउने र जलाउनेलाई काखी च्यापेर अगाडी बढाउने पद्धति अपनाउँनेहरुसंग सहमति र सहकार्य हुन नसक्ने बताए ।

‘संविधान निर्माणको वेला तीन दलले जुन सहमति गरेका छन् त्यो सहमति भन्दा वाहिर गएर संविधान संशोधन हुन सक्दैन । सरकारले विना एजेण्डा संविधान संशोधनको कुरा गरेर संविधान कार्यन्वयनमा विवादास्पद कार्य गरिरहेको छ,’ नेता कंडेलले भने ।

‘संविधान संशोधनको विषयमा प्रतिपक्षसंग कुनै छलफल गरेको छैन के संशोधन गर्ने भन्ने विषयमा सरकार नै अनविज्ञ छ ।’ कंडेलले भने,–‘सरकारले आफनो आयु लम्ब्याउनकै लागि मात्र मधेशी दलहरुलाई माग पुरा गर्छु भनेर अलमलमा सरकारले नै पारेको छ ।’