☰ open Loading... 18 September 2024|  

प्रदेशस्तरिय फुटवल प्रतियोगिता शुरु
  | ३ कार्तिक २०७३, बुधबार १८:३०

दाङको घोराहीमा प्रदेशस्तरिय फुटबल प्रतियोगीता सुरु भएको छ । दाङ युवा मञ्चको आयोजनामा प्रदेशस्तरिय फुटबल प्रतियोगीता सुरु भएको हो ।

दाङ युवा मञ्चका संयोजक दिपेन्द्र पुनको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको प्रमुख आतिथ्यता एवं दाङ जिल्ला उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष खड्गबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा प्रतियोगीताको बुधबार उद्घाटन गरिएको हो ।

प्रतियोगीतामा दाङ जिल्लाका चौध फुटबल समुहको सहभागीता रहेको छ । दाङ युवा मञ्चले दिएको जानकारी अनुसार प्रतियोगीतामा दाङ युवा मञ्च, अटल युवा क्लव, न्यु एनविसी, पाण्डबेश्वर युवा क्लव, पब्लिक ज्ञानज्योति, रिपुमर्दन गण, किसान जागृत, न्युस्टार क्लव, न्यरोड बजार क्लव, बुद्ध पोर्टस् क्ल्व, द लोटस्, गोर्खा उच्चमावि तुलसीपुर, डिफेन्स् तेक्वान्दो डोजाङ र राप्ती स्पोर्टस् घोराहीले सहभागीता जनाएका छन् ।

प्रतियोगीता लिग र नकआउट गरी दुई चरणमा खेलाईने खेल संयोजक टीका थापाले जानकारी दिनुभएको छ । प्रतियोगीतामा प्रथम हुनेलाई १ लाख, मेडल तथा प्रमाण पत्र, द्धितीय हुनेलाई ५० हजार मेडल र प्रमाण पत्रको ब्यबस्था गरिएको छ ।

यस्तै प्रतियोगीतामा उत्कृष्ट खेलाडी र किपर छनौट गरिने छ । त्यस्तै सर्बाधिक गोल गर्ने खेलाडीलाई पनि पुरस्कारको ब्यबस्था गरिएको दाङ युवा मञ्चले जानकारी दिएको छ ।