☰ open Loading... 23 December 2024|  

सुल्झीयो मध्यपहाडी लोकमार्ग विवाद
  | ४ कार्तिक २०७३, बिहीबार ११:३१

सेनाले जग्गा दिँदा ट्याक खोलियो

लामो समयदेखी विवादित मध्यपहाडी लोकमार्ग अन्र्तगत दैलेख सदरमुकाममा नेपाली सेनाले जग्गा उपलब्ध गराएपछि ट्याक खोलिएको छ । सर्वपक्षिय रुपमा सेनालाई जग्गा उपलब्ध गराईदिन माग गरेपछि सदरमुकामस्थित काडाँचौरमा रहेको समरसुर गुल्मको केही भाग जग्गाबाटै ट्याक खोलिएको हो ।

madhya-pahadi-marg
सांसद सहितको टोलीले सेना जग्गाबाट मध्यपहाडी लोकमार्गको ट्याक खोलेका हुन् । क्षेत्र नम्वर १ का सांसद अम्मरबहादुर थापा, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, स्थानीय विकास अधिकारी हरि प्याकुरेल, समरसुर गुल्मका गुल्मपति सुर्यकान्त घिमिरे लगायतको उपस्थितीमा डोजर चलाएर विवादित मध्यपहाडी लोकमार्गको ट्याक खोलिएको हो ।

स्थानीयको जग्गा धेरै जाने भएपछि सदरमुकाममै विवादित बनेको अलपत्र परेको लोकमार्ग सेनाले जग्गा दिएपछि पहिलो पटक ट्याक खोलिएको हो । यसअघि पटक पटक ट्याक खोल्नका लागि काँडाचौरमा मध्यपहाडी लोकमार्गका ईन्जिनियरसहित सभाषद् लगायत जाँदा पनि स्थानीयकै विरोधकै कारण रोकिएको थियो ।

देशभर मध्यपहाडी लोकमार्गको ट्याक खोलिएको भएपनि दैलेखमै विवादका कारण रोकिएको थियो । यो ट्याक खोलिएसंगै मध्यपहाडी लोकमार्ग ट्याक खोल्ने कार्य पुरा हुनेछ ।

स्थानीयसंग समन्वय गरेपछि सेनाले अनुमती लिएसगै सदरमुकामको विवाद समाधान भएको सांसद अम्मरबहादुर थापाले बताए । ‘सदरमुकाममा निकै ठुलो कसरत गरेपछि स्थानीयको समर्थन पाईयो ।’ सांसद थापाले भने, ट्याक खोल्नु नै सदरमुकामबासीको भाग्य खुल्यो ।’ अव यहाँको पनि चहलपहल हुनेछ ।

Displaying IMG_7143.JPG
सर्वपक्षिय रुपमा सहमतीबाटै तत्काललाई सदरमुकामबाट ट्याक खोलिए पनि मध्यपहाड लोकमार्ग आयोजनाले तत्काल ठेकेदार मार्फत सडकको स्तरउन्नती गराउने स्थानीय विकास अधिकारी हरि प्याकुरेलले बताए ।

‘सदरमुकाममा भएको विवाद अन्त्यसंगै यहाँको विकासको ढोका पनि खुल्यो ।’ स्थानीय विकास अधिकारी हरि प्याकुरेलले भने, सेना र स्थानीयले लोकमार्ग लैजानका लागि निकै ठुलो सहयोगी भुमीका खेलेका छन् ।’

विवादका कारण लोकमार्गलाई नै चुनौती बनेको सदरमुकाममा ट्याक खोलिनु आयोजनाकै लागि खुसीको कुरा भएको आयोजनाका ईन्जिनियर शेखर योगीले बताए ।

क्याप्सन : दैलेख सदरमुकामस्थित काँडाचौरमा रहेको नेपाली सेनाको ब्यारेकको जग्गाबाट मध्यपहाडी लोकमार्गको ट्याक खोल्दै सेना र डोजर ।