☰ open Loading... 23 October 2024|  

लोकमानको तरंगले ओलीको भम्रण स्थगित
  | ५ कार्तिक २०७३, शुक्रबार ११:२७

kp-oli

एमाले अध्यक्ष केपी शर्मा ओलीको बंगलादेश भ्रमण स्थगित भएको छ ।

अध्यक्ष ओली बंगालादेशको अवामी लिग पार्टीको २०औं त्रैवार्षिक सम्मेलनमा भाग लिन आज ढाका जाने जाने कार्यक्रम तय भएको थियो ।

नेपालको पछिल्लो राजनीतिक परिस्थतिका कारण भ्रमण स्थगति भएको बताइएको छ ।

अध्यक्ष ओलीको भ्रमण स्थगित भएको एमाले पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले पुष्टि गरेका छन् ।

‘अध्यक्षज्युको बंगलादेश भ्रमण स्थगित भएको छ ।

विशेष राजनीतिक परिस्थितिका कारण उहाँको भ्रमण स्थगित भएको हो,’ उनले भने ।

हिजोमात्र जेनेभा यात्रा तय भएको सभामुख ओनसरी घर्तिमगरको भ्रमण पनि स्थगित भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की्विरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै समाभुख घर्तिमगरले आफ्नो भ्रमण स्थगित गरेकी थिइन् । सोही सिलसिलामा अध्यक्ष ओलीले पनि भ्रमण स्थगित गरेको हनुसक्ने बताइएको छ ।

Scoure:nepalaaj